रिहा भए रवि लामिछाने
उनी जिल्ला अदालत रुपन्देहीमा कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत र धरौटी बुझाएपछि रिहा भएका हुन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि नख्खु कारागारमा रहेका लामिछानेलाई रुपन्देही लगिको थियो। अदालतमा कानुनी प्रक्रिया पूरा गरेर सभापति रिहा भएको रास्वपाका नेताहरूले जनाएका छन्। भैरहवाबाट रिहा भएलगत्तै लामिछाने चितवनतर्फ लागेका छन्।
बिएल संवाददाता - रुपन्देही