‘शिक्षा र निजामती ऐन आगामी संसद अधिवेशनमा पास गराउँन कांग्रेस-एमाले प्रतिवद्ध’
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरू छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरू प्रतिबद्ध रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरू बन्न नसक्दा धेरै समस्याहरू आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अवलम्बन गरेको बताए। उनले भने, ‘खासगरी पेशागत क्षेत्रलाई नयाँ संरचना अन्तर्गत व्यवस्थित गर्ने कुरामा एक प्रकारको अलमल भएको छ। निजामती ऐन बन्न नसक्दा, निजामती क्षेत्र अन्यौलताबाट गुज्रिरहेको छ। विद्यालय शिक्षा ऐन जारी हुन नसक्दा त्यस्तै प्रकारको समस्या शिक्षकहरूले भोगिरहनु परेको छ। तर अहिले दुइवटा दल मिलेर सरकार बनेपछि संविधान कार्यान्वयनसँग सम्बन्धित कानूनहरूका सन्दर्भमा छिटोभन्दा छिटो कानून बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरू प्रतिबद्ध छन् र संयन्त्र बनाएर सहमती जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको छ।’
बिएल संवाददाता - काठमाडौं