पुटिन र जेलेन्स्कीसँग वार्ता गर्दै ट्रम्प, होला युद्धबिराम?
गत शुक्रबार रुस र युक्रेनका मन्त्रीहरूले इस्तानबुलमा वार्ता गरेका थिए। तर त्यहाँ कुनै पनि सहमति भेटिएन। युद्धबिरामका बारेमा कुनै सहमति नभए पनि दुबै राष्ट्रहरू कम्तीमा एक-एक हजार युद्ध बन्दीहरू रिहा गर्न सहमत भए। रुसका राष्ट्रपति पुटिनले आफैले युक्रेनसँग सिधा वार्ता गर्ने भन्दै स्थान र समय पनि तोकेका थिए। तर अन्तिम अवस्थामा उनी वार्तामा बसेनन् र जेलेन्स्की पनि गएनन्।
बिएल संवाददाता - काठमाडौँ