देउवाको दाबी नेपालमा राजसंस्था पुनःस्थापनाका लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो हो
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो रहेको दाबी गरेका छन्। सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले राजतन्त्र फर्काउन भारत लागेको हल्ला मात्रै रहेको दाबी गरेका हुन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नै नयाँदिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको र भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको बताएको देउवाको दाबी छ।
बिएल संवाददाता - काठमाडौं