सुहाङ नेम्वाङले भने- बुवाले गर्नुभएको संकल्प पूरा गर्नेछु
‘गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनुभएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन। मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु। सिक्नेछु। बुझ्नेछु। जान्नेछु। ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु। इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु’, उनले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं