महामन्त्री मुकुल ढकाललाई रास्वपाले साेध्याे स्पष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण साेधेकाे छ। ‘समीक्षा यात्रा’ प्रतिवेदनका सन्दर्भमा दिएकाे सार्वजनिक अभिव्यक्तिलाई लिएर रास्वपाकाे अनुशासन आयाेगले शुक्रबार ढकाललाई स्पष्टीकरण साेधेकाे हाे। महमन्त्री ढकालले आफूलाई पत्रमार्फत स्पष्टीकरण साेधिएकाे बताए। यद्यपि, पत्रमा के-के कुरा उल्लेख गरिएकाे छ भन्नेबारे खुलाएकाे छैनन्।
बिएल संवाददाता - काठमाडाैँ