बिहिबार, २३ जुलाई २०२६

मोदीलाई प्रधानमन्त्री बन्न नितिश र नायडुको भर

तेस्रो पटक पनि प्रधानमन्त्रीका बन्ने ‘प्रोजेक्सन’ गर्दै मैदानमा उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अब गठबन्धनका अरू दलको पनि सहारा लिनुपर्नेछ। यद्यपि बिजेपीले भने मोदी नै प्रधानमन्त्री बन्ने घोषणा गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

नेपाल नेदरल्याण्ड्ससँग पराजित

मंगलबार राति डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्ड्सविरुद्ध नेपाल १०६ रनमा अलआउट

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेपाल १९.२ ओभरमा १ सय ६ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालले टस हार्‍याे, पहिलाे ब्याटिङ गर्ने

आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेकाे छ। डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेस सरकारबाट बाहिरियो एकीकृत सामाजवादी, दुई मन्त्रीले दिए राजीनामा

एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय कंग्रेसले भन्यो- मोदीको नैतिक र राजनीतिक हार भयो

लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय चुनावी नतिजा आउँदै गर्दा रोइरहेका प्रदीप गुप्ता को हुन्?

चुनावी प्रक्षेपण कम्पनी ‘इन्डिया टुडे- एक्सिस माइ इन्डिया’का निर्देशक रहेका यादव अहिले हरेक टेलिभिजन च्यानलहरूमा ‘माफी’ माग्दै रोइरहेका छन्। भारतीय जनता पार्टी र उनको गठबन्धन एनडिएले यो चुनावमा ४ सय सिट नघाउने घोषणा यो एक्जिट कम्पनीले गरेको थियो। भाजपा पनि यही ‘चार सय पार’को नारा लिएर चुनावमी मैदानमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टुँडिखेलमा क्रिकेट देखाउँदै बालेन (तस्बिरहरू)

काठमाडाैँ महानगरपालिकाले टुँडिखेलमा अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटकाे लाइभ देखाउने भएकाे छ। नेपाल र नेदरल्याण्डबीच मंगलबार साँझ हुने पहिलाे खेलकाे लाइभका लागि महानगरले टुँडिखेलमा स्टेज तयार गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष देखियाे’

उनले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वस्पूर्त रुपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताए। उनले भने, ‘सिद्धान्तबाहिरको कर लगाइयो भन्ने आरोप छ, आम्दानी र नाफा नहुने ठाउँमा कर लगाइयो भन्ने टिप्पणी छ, यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानमन्त्री छोरी कार्यक्रम’मा धेरै आशा गर्न सक्ने अवस्था छैन: मन्त्री चौधरी (अन्तर्वार्ता)

मैले बजेट भाषणपछि प्रधानमन्त्रीलाई भेटेर यस विषयमा छलफल नै गरेको छु। प्रधानमन्त्री छोरी कार्यक्रम जति विशाल सन्देश दिएको छ, त्यति बजेट हेर्दा खुम्चिएको पाएँ। छोरी उत्थान नै गर्न भनेर बनाएको कार्यक्रममा सरकारले खुलेर लगानी गर्नुपर्छ। यसलाई नमूना कार्यक्रमका रुपमा सुरु गर्ने भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टी-२० विश्वकप लाइभ गर्न देशभरिका स्थानीय तहलाई सरकारकाे निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाली टाेली सहभागी टी- २० विश्वकपकाे लाइभ गर्न तथा लाइभका लागि सहजीकरण गर्न निर्देशन दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनप्रति एमालेकाे आक्राेश- यही व्यवस्थामा तपाईं मेयर हुनुभयाे, अनि नेताहरुको जेल बसाइलाई मजाक उढाउने?

‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उढाउने?’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे प्रश्न- देशको गोप्य सूचना कहिले, कहाँ, कति मूल्यमा बेचियो?

प्रतिनिधिसभाको मंगलबारकाे बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले देशको गोप्य सूचना बेच्ने सांसद यही संसदमा भन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे आरोपबारे जवाफका लागि सभामुखको ध्यानाकर्षण गराएको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतमा लोकसभा चुनाव: प्रारम्भिक नतिजामा दुबै गठबन्धनको टक्कर

प्रारम्भिक मत गणनामा बिजेपी नेतृत्वको एनडिए गठबन्धन र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबीच कतिपय स्थानमा टक्कर परिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट चुनाव लडेका थिए। सुरुवातमा पछि परेका मोदी अहिले भने मत परिणाममा अघि अघि छन्। बिजेपीको निर्णायक सिट रहेको उत्तर प्रदेशमा पनि दुबैबीच कडा टक्कर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० वर्षपछि विश्व क्रिकेटमा नेपालः नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले (मंगलबार) आज राति आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मधेसको बेलगाम ‘बेरुजु’

सरकारको सुशासन कस्तो भन्ने चिनाउने प्रमुख आधार आर्थिक सुशासन भए पनि मधेस प्रदेश भने बेरुजुको चक्रब्यूहमा छ। बेरुजु भन्नाले कानुनविपरीत हुने बजेट खर्च हो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

बेरुजु घटाउन जसले खर्च गर्छ उसैले लेखापरीक्षण गराउनुपर्छ: सांसद पोखरेल

प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले देशमा बेरुजुको अवस्था डरलाग्दो भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आर्थिक अनुशासन र वित्तीय जवाफदेहीतामा मूलुक गम्भीर संकटमा भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

गोदावरीमा ढुङ्गा-गिट्टी उत्खनन गर्दा १ अर्ब बढीकाे भ्रष्टाचार, मेयरसहित १४ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। लेले र नल्लुखका ढुंगाखानीबाट ढुङ्गा गिट्टी उत्खनन गर्दा भ्रष्टाचार गरेकाे आराेपमा उनीहरूविरुद्ध अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेरो लागि प्रधानमन्त्री प्राथमिकताको विषय होइन: माधव नेपाल (अन्तर्वार्ता)

मेरो लागि पद ठूलो कुरा होइन। प्रधानमन्त्री मेरो प्राथमिकताको विषय होइन। मेरो निम्ति प्राथमिकताको विषय भनेको जनता हो, देश हो। त्यसैले देश र जनताको हितमा हामीले आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण मैले के पाउँछु के पाएँ भन्ने विषयलाई केन्द्रविन्दुमा राख्ने हैन। मेरो सोच पनि त्यस्तो छैन। म पदका लागि मरिहत्ते गर्ने मान्छे पनि हैन। पदकै निम्ति जन्मेको र पदकै निम्ति मर्ने पनि हैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदर्शन थापा पक्राउ

अभिनेता तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। ठगी तथा आपराधिक विश्वासघातको आरोपमा उनलाई साेमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं