शुक्रबार, १६ अक्टोबर २०२६

कति बाघ पाल्नसक्छ नेपालले?

पर्यावरणीय चक्रको एउटा महत्वपूर्ण अंश हो बाघ। यो चक्रमा मान्छेको जीवनको जत्तिको महत्व छ त्यसलाई जोगाइराख्नका लागि बाघ ‘इकोसिस्टम’को एक अंश हो। त्यसैले बाघ संसारभरि लोपोन्मुख छ। यसलाई पाल्ने कि मास्ने भन्ने अब मात्रै एउटा देशको निर्णय हुनसक्दैन। हरेक देशका एक एक बाघमाथि मात्रै त्यो देशको होइन, बरु हरेक एक एक बाघको जीवनमा सारा विश्व नै जोडिएको हुन्छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

छाड्नेलाई आऊ भन्ने ‘ओली’ भएकालाई खेदिरहेछन्

गएको असारमा मोरङ एमालेले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहित तीन जनालाई कारबाही गरेको थियो। पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै थापासहित महानगरका उपसचिव नवराज नेपाल र वडा नं ३ का अध्यक्ष लालमणि भट्टराई साधारण सदस्य नरहने गरी कारबाहीमा परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्रीलाई नै झम्टिरहेको मनको ‘बाघ’

‘मान्छे खुवाएर बाघ पाल्न सकिँदैन…’ केही दिनअघि एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षणकर्मीहरूमाझ सोधेका थिए ‘बाघ पाल्ने लिमिट कति हो?’ औपचारिक कार्यक्रम हलभरि ताली र हुटिङले गुञ्जियो।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

पहिलेका गीतमा जीवन हुन्थ्यो, अहिलेका गीत लहर र रहरमा आउन थाले: प्रेमदेव

वरिष्ठ मादल वादकको रुपमा चिनिने प्रेमदेव गिरी बहुप्रतिभाका धनी मानिन्छन्। उमेरले सात दसक पार गरिसकेका उनी विद्यालयमा बालबालिका माझ रमाइरहेका हुन्छन्। सादा जीवन, उच्च विचारका धनी प्रेमदेवको जिन्दगी नै एक पाठाशाला हो। एक सुन्दर रङ्गमञ्च हो।

हेमन्त विवश

हेमन्त विवश -

उमेर: १५ वर्ष, छ महिना प्रेम, २ महिना ‘घरबार’ अब वार न पार (भिडियाेसहित)

‘मैले विवाहपछि पढ्न पाउनुपर्छ। बाहिर निस्किुनमा रोकटोक गर्नु पाइँदैन र मलाई टेलर्सको काम सिकाउनुपर्छ’, विवाहअघि प्रकाशसँग राखेको प्रस्ताव थियो दिलमायाको। दिलमायाको सबै सर्तहरू मानेका थिए प्रकाशले पनि। विवाहपछि सुखमा राख्ने भन्दै आश्वासन पनि दिलाए।

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडौँ

इण्डो–अमेरिकी रणनीतिमा घुमिरहेको नेपाली सत्ता

सभापति देउवा र महामन्त्री थापा नयाँ सत्ता समीकरणलाई लिएर इण्डो–अमेरिकन समर्थनसहित सत्ताको कम जोखिमका लागि गृहकार्यमा रहेको स्रोत बताउँछन्। प्रधानमन्त्री ओलीले संविधान संशाेधनको उपायबाट मधेस केन्द्रित दल र छिमेकी भारतको समर्थन खोजिरहेका छन्। तर यस विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा आवश्यक छलफल र तयारी हुन सकिरहेको छैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

‘सोबर’ले सुधार्‍याे छिमीको कुलत जीवन (भिडियोसहित)

अहिले उनी सोबरकी ‘सिनियर स्टाफ’ भएकी छिन्। र, आफ्नो पुरानो गार्बेज कम्पनीमा पनि काम गर्छिन्। ‘मैले त्यो जागिर गुमाइसकेकी थिएँ तर सोबरका दाइहरूको कारण फेरि पाएँ’, उनी भन्छिन्, ‘अहिले दुई वटा काम गरेर आफूलाई व्यस्त बनाइरहेकी छु।’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडौँ

मनै लोभ्याउने ‘सिन्जा उपत्यका’ (फोटो फिचर)

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

किन छैन नेपालमा भविष्य ?

सन् २०२४ भरि नै नेपालमा भविष्य छैन भन्ने जबर्जस्त भाष्य निर्माण भयो। परिणामस्वरूप ठूलो संख्यामा नेपाली युवाहरू पढ्ने बहानामा विदेशिए। तर, सत्य त्यस्तो हैन- नेपालमा केही भएको पनि छ र नेपालको भविष्य पनि छ।आवश्यक छ त सकारात्मक भाष्य निर्माणको। सन् २०२५ मा त्यही दिशामा काम होस्- सबैलाई शुभकामना।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

सत्ता परिवर्तनको ‘मिडिया ट्रायल’

नेपालमा २ मुख्य ठुला दलको समीकरण फेरवदल गर्न भइरहेका प्रयासहरु नतिजामुखी छैनन्। यो समीकरण भत्काउन अन्तर्राष्ट्रिय शक्ति त्यतिबेलासम्म सफल हुने छैनन्, जतिबेलासम्म काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीबीच अविश्वास संकट आउँदैन।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

एमालेको जागरण सभाका अन्तर्य

सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

जनप्रतिनिधिको ‘गुण्डा अवतार’

प्रतिनिमूलक घटनाले के देखाउँछ भने सुशासनका लागि काम गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधि नै ‘गुण्डा राज’ चलाइरहेका त छैनन्? जसले कहिले कर्मचारी, कहिले सहकर्मी र कहिले नागरिकमाथि जाइलाग्ने गरेको घटना घटिरहेका छन्।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली र रवि : हिजो एकसाथ, आज धारेहात

भनाइ नै छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् । यो भनाइ सबैभन्दा बढी लागु हुनछ भने त्यो नेपालमै भैरहेको हुन्छ । त्यसको पछिल्लो श्रृङ्खला हो, ओली र रविको सम्बन्ध । कुनै बेला यी स्वाँगेभाइ एकसाथ थिए, अहिले सौतेनी भाइ जस्तै धारेहात लगाइरहेका छन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

शून्य तयारीमा जलवायु ‘न्याय’ मागिरहेको नेपाल

तर जलवायु परिवर्तनको नाम जोडेर कालापत्थरमा पत्रकार सम्मेलनदेखि पाँचतारे मिटिङ र बैठकहरू भने यथेस्ट भएका छन्। जसबाट न कुनै निष्कर्ष निस्किन्छ न कुनै ठोस आधारहरू जम्मा हुन्छन्।  र प्रधानमन्त्रीलगायत नेपालमा जलवायु परिवर्तनका विज्ञ तथा अभियान्ता भनिएकाहरूले भने निरन्तर ‘जलवायु न्याय’को कुरा बारम्बार उठाइरहेका छन्।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - काठमाडाैँ

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण

काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्।  कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उल्झनमा मानसिक स्वास्थ्य

पछिल्लो समय हाम्रा स्वास्थ्य संस्थामा आउने धेरै बिरामीहरूमा शारिरिक भन्दा मानसिक समस्या हुने गरेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। शरीर दुख्ने, टाउँको दुख्ने होस् वा निद्रा नलाग्ने बेचैनी हुनु अहिलेका समस्या हुन्। प्रयाप्त मानसिक चिकित्सक नहुनु यतिबेलाको अर्को समस्या हाे। स्वास्थ्य संस्थामा सामान्य तालिम प्राप्त मनोबिमर्शकर्ता सम्म नहुँदा स्वास्थ्यकर्मीहरूलाई उपचारमा सकस परिरहेको छ।

दिपा धिताल

दिपा धिताल -

ओलीसामु उभिएको समस्याको ‘घनघस्या’ उकालो

अमेरिकी भ्रमण सकेर नेपाल नपुग्दै ओलीसामु समस्याका चाङ लागिसकेका छन्। ‘स्वाङे-भाइ’ रविले पक्राउ गरेर देखाउन चुनौति दिइरहेकै बेला बाढीको कहरले देश आक्रान्त छ। न्युयोर्कमा दर्शन पाएर पनि मोदी दाहिना नहुनुको पीडा आफ्नो ठाउँमा छँदैछ। यही बीचमा सचेतक सुनिता बरालको रंगिला प्रकरण छोप्नै नसक्ने गरी छत्ताछुल्ल भएको छ। लाग्छ, यसपटकको दशैंमा ओलीकी भवानी दाहिना हुनेवाला छैनन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

थाहा थियो यस्तो विपद् हुन्छ तर सरकार झरीसँगै बगिरहन्छ

दुई दिनमा १४८ जनाको मृत्यु हुँदा ५५ जना बेपत्ता छन्। १०१ जना घाइते भए। मृत्यु हुनेमा सबै भन्दा धेरै काठमाडौँ उपत्यका (भक्तपुर, ललितपुर र काठमाडौँ)का छन्। बागमती प्रदेशका अन्य जिल्ला र कोशी तथा मधेश प्रदेशले पनि क्षति बेहोरेको छ।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौँ

राहदानी खोले पुग्छ, आँखा सन्काउनै पर्दैन सहकारीतिर ?

रवि जेल नपुगुञ्जेल नेपाली राजनीतिका आगामी केही दिनहरू रवि भर्सेज ओली हुने सम्भावना बढ्दो छ । रवि जेल पुगेका दिन रास्वपा भन्ने घण्टीको रालो पनि झर्नेछ । त्यसपछि उनका भक्तहरू पनि जुम्राले लाश छोडेझै घण्टी छोडेर चमर बजाउन थाल्नेछन् । नेपालको स्वार्थकेन्द्रित राजनीतिमा त्यो पहिलो दृश्य हैन, यस्ता दृश्यहरू धेरैपटक मञ्चन भैसकेका छन् ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका