रविन पुन मगर (आइडु)
दर्शक अघिल्तिर तिनतिर कालो पर्दाका पर्खालहरू ठिङ्ग छन्। सन्नाटा छ चारैतिर, दर्शक कक्षबाट एक युवक मन्चतिर लाग्छ, लाइटले उसलाई पच्छ्याउँछ।
नाट हेर्न आएको एक युवक नाटकको मन्च जब खाली देख्छ, तब उ आफ्ना सिनेमा मेकिङको यात्रा सुनाउन थाल्छ। अब नाटक बग्न सुरु हुन्छ। एकपछि अर्को सिनहरू चेन्ज छ। कतै मौनता छाउछ कतै–कतै हाँसोपनि सुनिन्छ।
जब बिदेशबाट नेपाल फर्किएको युवा एअरपोर्टमा लुटिन्छ। उसले देखेका सुशासनका आधा सपनाहरू त्यहीँ मारिन्छ। हिमाल, पहाड, खोला, नाला, जङ्गल तालहरूको सुन्दर चित्रहरू कैद गर्न हिडेको फिल्म मेकरले जब बेरोजगारीले पिल्सिएको गोल्डमेडलिस्ट युवालाई देख्छ, उसका क्यामेराले कैद गर्न हातहरू थर्थराउछ। आफ्ना मान्छे ठाउँमा,पावरमा नहुँदा अझै जागिरको खोजीमै छ। बिरक्तिएर भट्टीमा छ।
धने जस्ता पौरखी किसानहरूको जग्गा कसरी कर्मचारी, नेता र दलालहरूले हडप्दैछन्। एउटा ऋणको चङ्गुलबाट नउप्किदै अर्को ऋणको भड्खालोमा हाल्दैछन्।
सरकारी कार्यालयमा कर्मचारीले गर्ने लुटतन्त्र, कमाउधन्दा। गर्नुपर्ने कामहरू छाडेर यो फाइल त्यो फाइल भनेर अड्काउने घुस नखुवाएसम्म कामनै नगर्ने कर्मचारीहरू।
बजेटभन्दा बाहिर यो पार्टी त्यो पार्टी गर्दै एक अर्कालाई आरोप लगाउने नेता कार्यकर्ताहरू बजेट आएपछि कमिसन र टेन्डर हानथापमा कसरी लाग्छन्?
प्रहरी प्रशासन भित्रका इमान्दार अफिसर तस्कर पक्राउको निहुँमा हिमालपारी सरुवा कसरी हुन्छ?
बिधुवा आमाको बृद्दाभत्ता पनि अर्कैले खाइदिएपछि...
काल बोलाउन पनि एमराजलाई घुस खुवाउनु पर्ने बाध्यताले थिचिएका नेपालीहरू।
अन्तर्राष्ट्रिय जगतमा गरिबीको रेखामुनी देखाइ उठाएको ऋण र अनुदानलाई पनि केन्द्र, प्रदेश र स्थानीय तहगत भ्रस्टाचारले सकाउँदैछन्।
बास्तबमै यो नाटकले अहिलेको कन्टेम्पोरोरी सिनारियोलाई छर्लङ्ग देखाएको छ।
सिनेमा नाटकहरूले समाज ऐनाले जस्तै छर्लङ्ग उतार्न सक्छ। तर के अब यी यस्तै मुहारहरू उतार्ने? अझैपनि सगरमाथाको उचाइ र गौतम बुद्दको जन्मभुमि भनेरै गर्व गर्ने? डाडा हिमाल पहाड तालहरूले मात्रै कतिन्जेल छोप्ने हाम्रो भिक्षाम देहि मगन्ते रुप।
अब हाम्रो यो सक्कली चेहेरा देखाउनुछ। एकदिन यो प्राकृतिक रुप नै कुरुप हुनेगरि नबिग्रियोस्, आउ हामी सबै मिली हाम्रो देशको मुकुन्डो हटाउ।
जसरी भिक्षाम देही को माध्यमबाट सर्वनामका नाट्यकर्मीले आवाज उठाएका छन्। त्यसरी हामी हाम्रो ठाउँबाट हाम्रो देशको मुखुण्डो भित्रको अनुहार हेरौँ। यसलाई कुरुप हुन नदिउँ।
नाटकमा ज्यादै न्यून प्रप्सहरूको प्रयोग गरेर नाटकलाई श्रव्य दृश्यमा न्याय दिन पर्दा अगाडि र पछाडिका सबैको मिहिनेत देखिन्छ।
प्रशिक्षार्थीहरूको यतिसम्मको कामलाई सफल मान्न सकिन्छ। तर नाटक भित्र अझै सुधार्न मिल्ने ठाउँहरूछन् जसलाई सुधार गरे नाटक नबिझाउने एकनासले बग्नेछ।
काठमाडौँ कालिकास्थानस्थित सर्वनाम थिएटरमा भदौ १८ देखि नाटक ‘भिक्षाम् देहि’ मञ्चन सुरू भएको छ।
अशेष मल्लको लेखन रहेको नाटक थिएटरका २०औं ब्याचका प्रशिक्षार्थी समूहले निर्देशन गरेका हुन्। नाटक ध्यानाभिनय सिद्धान्त र मितव्ययी रंग दर्शनको अवधारणामा आधारित छ। नेपालीहरू बाँचिरहेको आज बाँचिरहेको समाज र राज्यका विकृत मनस्थिति अनि तिनका कुरूप व्यवहारप्रतिको चेतावनी छ नाटकमा।
नाटकमा सञ्जय तिमिल्सिना, सञ्जय शाही, अभिशेक फुयल, अप्सना चौलागाईं, अजय पन्त, सौगात त्रिपाठी, प्रतिष्ठा अधिकारी, रञ्जित बस्नेत, असोक बन्जारा र आशिष चम्लागाईंले अभिनय गर्नेछन्।
अप्सना चौलागाईंको पोस्टर डिजाइन, प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी, सेसेमी लिम्बुको संयोजन, प्रकाश परिकल्पना र परिचालनमा विध्यक तिलक र ध्वनि संयोजन र परिचालनमा उत्सव पौडेल रहेका छन्।
नाटक बिहीबारबाहेक साताको प्रत्येक दिन साझँ ५ः३० बजे र शनिबार दिउसो १ बजेको अतिरिक्त सो हुनेछ। नाटक भदौ २४ सम्म मञ्चन हुनेछ।

प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया