
अमेरिकामा १६,७४२ नेपाली विद्यार्थी, विदेशी विद्यार्थीको १०औं स्थानमा नेपाल
अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १६ हजार सात सय ४२ पुगेको छ। यो संख्या गत वर्षको तुलनामा १०.९ % ले बढी हो।यो संख्यासँगै नेपाल अमेरिकामा विदेशी विद्यार्थी संख्यामा १०औं स्थानमा उक्लेको छ।अहिले अमेरिकामा रहेका कूल विदेशी विद्यार्थीको १.५% नेपाली विद्यार्थी छन्।

बिएल संवाददाता - वासिङ्टन डीसी