केजरीवालद्वारा हार स्वीकार, मोदीको पार्टीलाई दिए बधाई
उनले आफूहरू सत्ताको लागि राजनीतिमा नआएको दाबी गर्दै संसदमा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र समाजसेवाका काममा बढी ध्यान दिने प्रतिवद्धता गरे। २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा)को पुनरागमन हुने लगभग निश्चित बनेको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जित निकाल्दा ४६ सिटमा अग्रता लिएको छ।
बिएल संवाददाता - नयाँ दिल्ली