शुक्रबार, ०३ जुलाई २०२६

अमेरिकामा आजदेखि प्राइमरी सुरू, आइवाबाट रिपब्लिकन ककस

अमेरिकामा यस वर्ष नोभेम्बर ५ मा हुने आमचुनावको प्राइमरी चरण आजदेखि औपचारिक रूपमा सुरू हुँदैछ। यसै क्रममा आज आइवामा रिपब्लिकन ककसको मतदान हुदैछ। ६ उम्मेद्वारको दौडमा ट्रम्प सबैभन्दा अगाडि छन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर वरपरका क्षेत्रमा आक्रमण भएको सञ्चार माध्यमले जनाएका छन्। दुई अस्पताल, छात्रा विद्यालय र दर्जनौँ घरलाई निशाना बनाइएको हमासले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी

इजराइल–हमास युद्ध एक सय दिन पुग्दा आँकडामा घटनाक्रम

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ। युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १०० दिन

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत १०० दिनको व्यापक मृत्यु, विनाश, विस्थापन, भोकमरी, क्षति र शोकले हाम्रो साझा मानवतामा दाग लागेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ जना अझै बन्धक

कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ। प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन। बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - ग्वायाक्विल

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु

कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बिया

अमेरिकाको न्युयोर्क एसेम्बेलीमा सराहना श्रेष्ठको उम्मेद्वारी

अमेरिकाको न्युयोर्क राज्य विधानसभाकी नेपाली मूलकी पहिलो विधायक सराहना श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएकी दिएकी छिन्। डेमोक्रेटिक प्राइमरीमा निर्विरोध रहेकी उनको प्रतिस्पर्धा आमनिर्वाचनमा यसअघिकै रिपब्लिकन उम्मेद्वार प्याट्रिक सिहानसँग हुनेछ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - न्युयोर्क

अमेरिकामा आँधी, दुई हजारभन्दा बढी हवाई उडान रद्द

अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बोत्सवानामा १६६ क्यारेटको हिरा फेला

हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी लुकारा डायमन्डले बुधबार बोत्स्वानाको कारोब खानीबाट १६६ क्यारेटको रत्न फेला पारेको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गेबोरोन

जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ

इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेल अवीव

जापानकाे भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

बङ्गलादेशकाे प्रधानमन्त्रीमा हसिना लगातार पाँचौँ कार्यकालका लागि नियुक्त

उनको यो लगातार पाँचौँ कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

जर्मनीद्वारा साउदी अरबमा हतियार निर्यात पुनः सुरु

जर्मनीले सन् २०१८ देखि लगाइएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबलमा सिधै हतियार निर्यात पुनः सुरु गरेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले बुधबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्लिन

इजराइली सेनाद्वारा ‘अनजानमा’ लडाकूको शरीरमाथि गाडी चलाएको स्वीकार

यसै साताको प्रारम्भमा कब्जा गरिएको पश्चिम किनारमा भएको बन्दुक युद्धमा आफ्नो सवारी ‘अनजानमा’ एक प्यालेस्टिनी लडाकूको शरीरमाथि चलेको इजराइली सेनाले बुधबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०० नाग्यो

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो। जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सन् २०२३ मा स्पेन पुग्ने प्रयासमा छ हजारबढी आप्रवासी हराए

उक्त आँकडा गत वर्ष रेकर्ड गरिएको सङ्ख्या दुई हजार तीन सय ९० भन्दा करिब तीन गुणा अधिक रहेको क्यामिनान्डो फ्रोन्टेरस वकिङ बोर्डर्सका समन्वयकर्ता हेलेना मालेनोले पत्रकार सम्मेलनमा जानकारी दिइन्। उक्त सङ्गठनले सन् २००७ मा गणना सुरु गरेयता यो सबैभन्दा धेरै आँकडा हो। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याड्रिड

जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुग्यो

जाम्बियामा हैजाबाट मृत्यु हुनेको सङ्ख्या २२२  जना पुगेको छ। गत वर्षको अक्टोबरमा हैजाको महामारी फैलिएपछि यसको सङ्क्रमणको कूल सङ्ख्या ५ हजार ४६२ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - लुसाका

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ब्राजिल

भियतनाममा २२ हजार विदेशी विद्यार्थी अध्ययनरत

भियतनामका शैक्षिक संस्थाहरूमा करिब २२ हजार विदेशी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति कार्यक्रमहरू मार्फत अध्ययन गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हनोई