आइतबार, २७ जुलाई २०२५

रुसद्वारा सेनाको आलोचना गर्नेहरूको सम्पत्ति जफत गर्ने कदम सुरु

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेलगत्तै मस्कोले आफ्नो सेनाको अपमानलाई अवैध बनाएको छ र त्यसयता द्वन्द्वका हजारौँ विरोधीलाई हिरासतमा राखेको छ। तल्लो सदन स्टेट ड्युमाले आफ्नो पहिलो वाचनमा पारित पछिल्लो उपायले असहमतिलाई अझ कठोर बनाएको छ र मुलुक छाडेर भागेका रुसीहरूलाई असर गर्नसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

अमेरिका न्यु ह्याम्पसायर प्राइमरी: बाइडेन र ट्रम्पको विजय प्रक्षेपण

अमेरिकाको न्यूह्याम्पसायर राज्यमा भर्खरै सम्पन्न प्राइमरीको मत गणना जारी छ । यद्यपि, अमेरिकी सञ्चार माध्यमहरूले पूर्वअनुमान अनुसार नै जो बाइडन र डोनल्ड ट्रम विजयी हुने अनुमान सार्वजनिक गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन्। आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोल

८६ वर्षीय नर्वेका राजाले राजगद्दी त्याग्न मानेनन्

डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्‍याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ओस्लो

दिल्लीमा  बाक्लो कुहिरो र चिसोको कारण उडान  र रेल सवा प्रभावित

दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ। यसैगरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

चीनमा शक्तिशाली भूकम्प गयो

चीन–किर्गिजस्तानको सीमामा ७.० म्याग्निच्युडको भूकम्प गएको छ।चीनको भूकम्प नेटवर्क केन्द्रले स्थानीय समय अनुसार बिहान २ बजेपछि अक्सु प्रान्तको उसु काउन्टीमा भूकम्प गएको र करिब २०० उद्धारकर्तालाई केन्द्रबिन्दुमा पठाइएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा आज न्यु ह्याम्पसायर प्राइमरी: कस्को पल्ला भारी?

अमेरिकाको उत्तर-पूर्वस्थित सानो राज्य न्यु ह्याम्पसायरमा आज मंगलबार प्राइमरी चुनाव सुरू हुँदैछ। गजब त के छ भने डेमोक्रेटिक प्राइमरी मतपत्रमा राष्ट्रपति बाइडनको नाम छैन भने रिपब्लिकन प्राइमरीमा पहिलोपटक ट्रम्प र हेलीबीच सिधा टक्कर हुँदैछ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

इजराइली बमबारीमा दक्षिणी गाजामा ४० जनाको मृत्यु

प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ। उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनीहरू बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

युक्रेनी सेनाकाे आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु

युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण, बन्धक परिवारद्वारा सम्झौताका लागि दवाव

प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबीच भीषण भिडन्त भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा पट्टी

अमेरिकाको टेक्ससमा भाडाको घरमा गोली चल्दा ३ जनाको मृत्यु, २ जना घाइते

अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान  भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु  भएको छ। साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ह्यस्टन

अमेरिकी रिपब्लिकन प्राइमरीमा ट्रम्प र हेलीबीच सोझो टक्कर

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि हुने प्राइमरी चुनावमा अब ट्रम्प र हेलीबीच सोझो टक्कर हुने भएको छ। बाँकि रहेका तीन आकांक्षीमध्ये रन डिसान्तिसले पनि उम्मेद्वारी निलम्बन गरेपछि रिपब्लिकन चुनावी दौड यो मोडमा आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्ट डीसी

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २५ हजार नाघ्यो

मन्त्रालयले जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टाइनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

म्यान्मासँगको सीमामा तारबार लगाउने भारतको योजना

विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो। शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा भने, ‘सरकारले पूरै खुला भारत–म्यान्मा सीमामा तारबार लगाउने निर्णय गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

चिनियाँ समाचार संस्था सिन्ह्वाले रूसी उड्डयन प्राधिकरणका अनुसार अफगानिस्थानमा दुर्घटनाग्रस्त विमान रूसको हो र विमानमा छ जना रहेका छन्। दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्थित भवनमा आगलागी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

‘गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’

लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जापानको चन्द्रमामा यान सफलतापूर्वक चन्द्रमामा अवतरण

स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

भर्जिनिया कंग्रेसनल डिस्ट्रिक्ट १०को डेमोक्रेटिक प्राइमरीमा एड्रियन पोखरेलको उम्मेद्वारी

अमेरिकी चुनाव २०२४ मा नेपाली मूलका एड्रियन पोखरेलले भर्जिनिया कंग्रेसनल डिस्ट्रिक्ट १०मा डेमोक्रटिक प्राइमरीमा उम्मेद्वारी दिएका छन्। सन् २०१२ मा दर्शन रौनियारले उम्मेद्वारी दिएयता अमेरिकी कंग्रेसका लागि प्राइमरी चुनाव लड्ने उनी दोस्रो नेपाली हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

थाइल्यान्डमा करिब एक करोड ५० लाख टन लिथियम फेला पर्यो

थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले शुक्रबार बताएका छन्। उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्नेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - बैङ्कक