
नेप्सेको ओरालो यात्रा कायमै
नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ। यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से आज (आइतबार) साताको पहिलो कारोबार दिन पनि ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।

बिएल संवाददाता - काठमाडौं