चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन्। सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन्। धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन्।
बिएल संवाददाता - चितवन