४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो
आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज कुल ३२५ स्टकको ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर खरिद बिक्री भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
नेप्से परिसुचकको ओरालो यात्रा कायमै छ। यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से आज (आइतबार) साताको पहिलो कारोबार दिन पनि ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.३८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सयले बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
डिजिटल भुक्तानी सेवाको इतिहासमा नेपालमा पहिलोपटक दुई ठूला प्लेटफर्महरू एउटै हुन लागेका हुन्। दुई वालेटका लागि मातृ कम्पनीको नाम आईएमई खल्ती लिमिटेड हुनेछ। रजिस्टर्ड कार्यालय काठमाडौं पानीपोखरीमा राख्ने सहमति पनि भएको छ। संयुक्त कारोबारका लागि भने डिजिटल वालेट एपको नाम भने खल्ती नै चलनचल्तीमा रहनेछ। खल्तीका अहिले पनि ५० लाखभन्दा धेरै आधिकारिक र सक्रिय प्रयोगकर्ताहरू छ। यो नेपालकै ठूलो चुक्ता पूँजी भएको वालेट पनि हो।
बिएल संवाददाता - काठमाडौं
हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ। बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो। ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि, ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ। बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ। केन्द्रीय बैंकले आज (आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं
ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ। कुल २१ लाख ७१ हजार १५४ आबेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो।
बिएल संवाददाता - काठमाडौं
सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले हरेकवर्ष असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने प्राबधान छ। सोहि अनुरुप आज सातवटै प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले बजेट प्रस्तुत गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बीच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५ अर्थात असार १) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ। गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो।
बिएल संवाददाता - काठमाडौं
नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन्। मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन्। गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए।
बिएल संवाददाता - नवलपरासी
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा तोकिएको छ।
बिएल संवाददाता - काठमाडौँ
‘गभर्नरले पनि वित्त नीति र मौद्रिक नीति एक अर्कोलाई रोक्ने भन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ भन्ने कुरा गर्नु भएको छ। यसले पनि आगामी दिनमा हाम्रो मौद्रिक तथा वित्त नीतिमा सन्तुलन नहोस् भनेर चाहनेहरु पछाडि छोडिने निश्चित छ। मुलुकको अर्थतन्त्रको स्थिती समस्यामा छ, अर्थतन्त्र दवाबमा छ, अर्थतन्त्र अप्ठ्यारोमा छ भन्ने टिप्पणीहरु भइ नै रहेका छन', उनले भने।
बिएल संवाददाता - काठमाडाैं
रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ। एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएर नयाँ रेकर्ड कायम भएकाे हाे। २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन।
बिएल संवाददाता - काठमाडाैं
आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो।
बिएल संवाददाता - काठमाडाैं