.jpg)
सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित राजदूत भट्टराईबारे निर्णय गर्ने
श्रीलंकका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गर्न मंगलबार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। बिहान ९ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ। यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। समितिले परराष्ट्र मन्त्रालयसंग भट्टराईको राजदूत पदको योग्यताका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र माग गरे पनि प्राप्त गरेको छैन।

बिएल संवाददाता - काठमाडाैँ