सोमबार, १३ अक्टोबर २०२५

महंगोमा ऋण लिए कुनैपनि हालतमा देश थाम्न सकिदैन्– सन्तोष चालिसे

हाम्रो प्राथमिकता भनेको बजार चलायमान गराउनु हो। बन्द भएका सटरहरूलाई खुलाउने हो। हामी त्यो गरिरहेका छौं। १६ प्रतिशत व्याजदर हुँदा एक डिजिटमा ब्याजदर नल्याएसम्म बैंकमा पैसा थुप्रिरहन्छ भनियो तर आज एक डिजिटमा ब्याजदर हुँदा पनि बैंकहरूले पैसा थुप्रियो भन्न छाडेका छैनन्। यसको कारण भनेको ०७२ सालको भुकम्प र कोरोनामा थला बसेका मान्छे उठ्न सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनःस्थापना गर्न माग

काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ।   नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोनलगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको सम्मेलनको संयोजन विश्व ॐकार एकता महाभियानले गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: रविविरुद्ध आजदेखि थुनछेक बहस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ। अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण– प्रचण्ड

आफू प्रधानमन्त्री हुँदा जडीबुटी उद्योग, रुग्न उद्योग सञ्चालन, बुढीगण्डकी परियोजना अघि बढाउने, गोरखकाली रबर उद्योग सञ्चालन लगायतका ठूलो परियोजना अघि बढाउन पहल अघि बढाएको र आगामी दिनमा परिणाम आउने गरी काम गर्नुपर्ने उनले स्पष्ट पारे। तर, अहिलेको सरकारले त्यसलाई अगाडि बढाउने भन्दा पनि सरकारी उद्योगहरुलाई निजीकरणतर्फ लैजाने षड्यन्त्र सुरु गरेकाले यसप्रति पनि सजग हुनुपर्ने आवश्यकता रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो। रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवनका चार वडामा रास्वपाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले संगठन विस्तारलाई तीव्रता दिँदै जिल्लाका चार वडामा अधिवेशन सम्पन्न गरेको छ।  खैरहनी नगरपालिका वडा ९, कालिका नगरपालिका वडा १० र इच्छाकामना गाउँपालिका वडा ३ र ४ मा अधिवेशन सम्पन्न भएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘उद्घाटन र भाषण’मै बित्यो ओलीकाे हप्ता दिन

२०८१ असार ३० गते आइतबार एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए। उनलाई संविधानको धारा ७६ (२)अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेयता ०७ कात्तिक ०८१ मा आफ्ना एक दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ध्यान मावन जातिको कल्याणका निम्ति सकारात्मक छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु। सबैमा बधाई भन्न चाहन्छु। शुभकामना भन्न चाहन्छु। यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ। यसबाट लाभ लिऔँ, ध्यान मावन जातिको कल्याणका निम्ति यस दिवसलाई मनाउँदै जानुपर्छ , वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संघीय संसद् अन्तरगत चार समितिको बैठक बस्दै

आज संघीय संसद् अन्तरगत चार समितिको बैठक बस्दैछ।  बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरि चार समितिको बैठक बस्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं महानगरपालिकाका पूर्वमेयर प्रेमलाल (पीएल) सिंहको निधन भएको छ। पूर्वजनसंख्यामन्त्री तथा २०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारि स्रोतले जनाएको छ। लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पुस १ लाई आज देशभर कालो दिवसका रुपमा मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ। विसं २०१७ साल पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएकी छन्। नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार शर्मा एक हजार १४४ मतले निर्वाचित भएकी हुन्। मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रताभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो– प्रचण्ड

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन। प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन्। हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं। भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

उधौली, योमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा सभापति देउवाले दिए शुभकामना

उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेको बताउँदै शुभकामना सन्देशमा लेखेका छन्,‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन्। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ। यी पर्वहरूले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सांस्कृतिक चाडपर्वले हाम्रो पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: राष्ट्रपति

उनको सन्देशमा उल्लेख छ, ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाड पर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ। यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसको बैठक आज पनि बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ– गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे। संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुनावको परिणाम चिन्ताजनक छ– शंकर पोखरेल

नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ। केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन्। दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन्। उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ ७७ वटै जिल्लाबाट आउने नागरिकहरूका लागि राजधानी बन्न सकोस्

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।  काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ ७७ वटै जिल्लाबाट आउने नागरिकहरूका लागि राजधानी बन्न सकोस्

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।  काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ