के माओवादी सरकारमा जाँदैछ? लेखनाथ भन्छन्- छलफल सुरु भइसक्यो
आइतबार संसद भवन परिसर बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्रवादीहरूको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र प्रारम्भिक छलफलसमेत सुरु भइसकेको दाबी गरेका हुन्। दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको र जनतामा निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे। त्यसलाई निरुत्साहित गर्नका लागि एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे। सांसद दाहालले एमालेतर्फ इंगित गर्दै अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने दाबी गरे।
बिएल संवाददाता - काठमाडौं