लोकतन्त्रको नाममा ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने स्थिति आयो’- प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक अभ्यासप्रति कडा आलोचना गर्दै समाजवादको नाममा व्यक्तिवाद हाबी भएको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गानारायण ढकालको कृति समाजवादी दर्शनको रूपरेखा लोकार्पण कार्यक्रममा बोल्दै उनले समाजवादको नाम लिने तर व्यवहारमा व्यक्तिवादमा रमाउने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं