एमाले बन्यो सबैभन्दा धनी दल, अरु पार्टी घाटामा
गत आर्थिक वर्षमा २ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कांग्रेसले खर्च भने ४ करोड बढी गरेको छ। यसरी हेर्दा कांग्रेस २ करोड ३२ लाख रुपैयाँ घाटामा गएको देखिएको छ। संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि गत आर्थिक वर्षमा घाटामा गएको छ। यद्यपि माओवादीले आम्दानीमा सन्तुलन हुनेगरी खर्च गरेको देखाएको छ। गत आर्थिक वर्षमा १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको माओवादीले ५३ हजार मात्र घाटा देखाएको छ। यता संसदको चौथो ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीभन्दा दोब्बर खर्च गरेको छ। गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रास्वपाले ६ करोड ५० लाख खर्च विवरण पेस गरेको छ।
बिएल संवाददाता - काठमाडौं