ट्रम्पले अपमान गरेपछि जेलेन्स्कीलाई रुसी पूर्वराष्ट्रपतिले भने- अहंकारी सुुँगुरले झापड भेट्यो
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपमान गर्दै ह्वाइट हाउसबाट निकालेको विषयमा रुसका पूर्वराष्ट्रपतिले प्रतिक्रिया दिएका छन्। रुसी पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई अहंकारी सुँगुरको संज्ञा दिएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेवले सुँगुरले अमेरिकाको गतिलो झापड पाएको भन्दै व्यंग्य गरे।
बिएल संवाददाता - काठमाडौं