एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ। बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो। आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो।
बिएल संवाददाता - काठमाडाैँ