सोमबार, ०१ डिसेम्बर २०२५

झापा पुगे लगत्तै कार्यक्रममा सक्रिय ओली, भागीरथा अस्पताल उद्घाटन

दुईदिने पूर्व भ्रमणका क्रममा शनिबार झापा पुगेका ओलीले नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाम जोडिएको अस्पतालको उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

प्रधानमन्त्री ओली गृहजिल्लामा, दुई दिन पूर्वमै रहने

शनिबार बिहान ११ बजे झापा पुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

‘देशमा भएका अवसरलाई सदुपयोग नगरेर ‘केही भएन’ भन्दै दौडिने प्रवृत्ति बढ्यो’

शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर ‘केही भएको छैन’ भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरू रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपीएल नरोक्न प्रधानमन्त्रीको निर्देशन, खेलकुदमा राजनीति नगर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

भाग खोसिने डरले रविमाथि प्रहार गरेः पूर्व न्यायाधीश केसी

बिहीबार दिउँसो रास्वपाको केन्द्रीय कार्यालाय घण्टीघर पुगेका उनले रविको पक्षमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रास्वपा वैकल्पिक पार्टी भएकोले भाग खोसिने डरले रविमाथि प्रहार भएको प्रतिक्रिया दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरागाईंलाई छुट्टीमा राखेर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं महानगरपालिका मेयर बालेन साहले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्। बालेनको सचिवालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाएर बालेनले कार्यपालिका बैठक बोलाएका हुन्। बैठक भोलि शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको पक्षमा मनिषाको हस्ताक्षरः ‘रविमाथि राज्यको दुर्व्यवहार सबैले बुझेका छन्’

अभिनेत्री मनिषा कोइरालाले कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्। सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनुशासन समितिको कारबाही नमान्ने शेखर समूहको निर्णय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम् कार्यकर्ताहरूमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ। डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई एकतर्फी रुपमा विधान विपरित कारबाही गर्न नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको पक्षमा मनिषाको ऐक्यवद्धता, हस्ताक्षर गर्न घण्टीघर जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यस विरुद्ध जारी हस्ताक्षर अभियानमा विभिन्न पेसाका व्यक्तिहरू जोडिने क्रम जारी छ। अभिनेत्री मनीषा कोइरालाले पनि रवि लामिछानेको पक्षमा ऐक्यवद्धता जनाउने भएकी छन्। उनी लामिछानेको पक्षमा हस्ताक्षर गर्न रास्वापको केन्द्रीय पार्टी कार्यालय जाँदैछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’ छेडखानीः कार्यविधिलाई अन्तिम रुप दिने छानबिन समितिको निर्णय

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधानमा भएको छेडखानीको विषयमा छानबिन विशेष समितिको बैठकले कार्यविधिलाई अन्तिम रुप दिने निर्णय गरेको छ। बुधबार संघीय संसद सचिवालय राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा बसेको बैठकबाट कार्यविधि अन्तिम चरणमा पुगेको र अब यसलाई अन्तिम रुप दिने प्रक्रियामा अगाडि बढेको समिति संयोजक जीवन परियारले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्य प्रशिक्षकसँगको विवादबारे के भन्यो एन्फाले?

उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन्। बुधबार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिष्ट मागेको र उक्त लिष्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरूले कप्तानको नाम पठाउनु परेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खानेपानीमन्त्री कै गृहजिल्लामा पानी अभाव

पर्साको विरगञ्ज महानगरपालिकाको विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि वारुण यन्त्र ( दमकल)बाट वितरण गरिएको छ। लामो समयदेखि पानीको आपूर्ति अवरुद्ध हुँदा र चापाकलहरू पनि सुकेपछि खानेपानीको अभाव भएको हो। विरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकाले आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरण कार्य गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

कांग्रेसमा विनोद चौधरीको ‘पावर शो’- शेखर पक्षका महामन्त्री निष्कासित

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासित गरेको छ। केन्द्रीय अनुशासन समितिले खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। समिति संयोजक आनन्द ढुंगानाले बुधबार महामन्त्री खनाललाई कारबाही गरेको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई गृहमन्त्रीको प्रश्नः रवि लामिछाने भिजिट भिसामै अमेरिका गएर बसेको हो कि होइन?

गृहमन्त्री रमेश लेखकले सहकारी ठगी मुद्दामा जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएर भिसाको दुरुपयोग गर्दै उतैको नागरिकता लिएको आफूले सुनेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसामा अमेरिका गएर नागरिकता लिनु भिजिट भिसाको दुरुपयोग हो होइन? भन्दै प्रश्न गर्दै यसको वास्तविकता खुलाउन रास्वपासँग आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद संसदमा सोविताको प्रष्टीकरणः ‘मैले प्रधानमन्त्रीसँग गएकाहरू फर्किएनन् भनेकै छैन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण टोलीमा रहेका केही मानिस कार्यक्रममा सहभागी भएर पनि नेपाल नफर्किएको बताएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रमको बहानामा गएर नफर्किएका र उतै बसिरहेको बताएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीबाट पुरस्कार वितरण

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन्। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख रुपैयाँ पुरस्कार-प्रमाणपत्र प्रदान गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झाँक्रीको मुखमा ‘पट्टी टाँस्न’ खोजेको देखेर गोकुललाई ‘उदेक’ लाग्यो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीमाथि उनकै पार्टीले कारबाहीको तयारी गरेपछि झाँक्रीको मुखमा पट्टि लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले केपी ओलीविरुद्धका झाँक्रीका पहिलेका अभिव्यक्तिहरूमा ताली ठोक्नेहरू यति छिट्टै उनको मुखमा पट्टि टाँस्न तम्सिएको देखेर आफूलाई उदेक लागेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीद्वारा रसुवा र नुवाकोटको पुगेर बाढी प्रभावित क्षेत्र अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीको टोली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ। अवलोकनका क्रममा प्रधानमन्त्रीले बाढीबाट भएको क्षति, उद्धार र राहतबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘निजी विद्यालयलाई सरकारीकरण गर्न सकिँदैन, कानुन बनाएर ‘सरकारीमै पढाउनु’ भन्न मिल्दैन’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयहरूलाई सरकारीकरण गर्न नसकिने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा शिक्षामन्त्री पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१०० दिने उपलब्धि सार्वजनिक गर्दै हितेन्द्रले भनेः ‘प्रसारण प्रणाली ६ हजार ७६९ सर्किट किमी पुर्‍याइयो’

नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन्। मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सबस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं