बुधबार, २७ अगस्ट २०२५

विदेश भाग्ने सुइँको पाएपछि पूर्वराजाको पासपोर्ट रद्द गर्दै सरकार

सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने तयारी गरेको छ। गृहमन्त्रालय उच्च स्रोतका अनुसार उनी विदेश भाग्ने तयारीमा रहेको सुराकी पाएपछि पासपोर्ट रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो। शुक्रबारको हिंसात्मक आन्दोलनका लागि राजावादीहरूलाई उनैले उक्साएको सरकारको ठम्याइ छ। पूर्वराजाले आन्दोलनको अघिल्लो दिन दुर्गा प्रसाईं र नवराज सुवेदीलाई भेटेर हिंसात्मक आन्दोलनको निर्देशन दिएको सरकारको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीको प्रदर्शन राजनीतिक होइन आपराधिक होः गृहमन्त्री

यो कुनै राजनीतिक दर्शनभन्दा पनि अपराधिक काम भएको भन्दै यसको लागि सरकारले आवश्यक कारबाही गर्ने बताए। सञ्चारगृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ। उनले भने, ‘तपाईंहरूलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो। यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो। यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने क्षेत्रको स्थलगत अनुगमनमा गृहमन्त्री लेखक (तस्बिरहरू)

शुक्रबार राजावादी समुहले काठमाडौंको तीनकुनेलगायत स्थानमा तोडफोडसहित आगजनी गरेपछि शनिबार गृहमन्त्री रमेश लेखकले उक्त स्थानहरूमा स्थलगत अनुगमन गरेका छन्। गृहमन्त्री लेखक तीनकुने पुगेर तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन्। राजतन्त्रवादीहरूको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ। पत्रकारसहित दुईजनाको मृत्यु हुँदा धेरै घरहरूमा तोडफोड, आगजनी, र व्यापारिक कम्प्लेक्समा लुटपाटका घटना भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र र धवल पक्राउ, दुर्गा प्रसाईं खोज्दै प्रहरी

राप्रपाका महामन्त्री डा. धवलसमशेर राणा र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार भएको प्रदर्शन हिंसात्मक भएपछि उनीहरूलाई जिम्मेवार बनाउँदै प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यसरी हिंस्रक बने राजावादी (भिडिओ ब्रिफिङ)

चैत १५ गते राजावादी र गणतन्त्रवादी समाजवादी मोर्चाले आआफ्ने शक्ति प्रदर्शन गर्ने भनेका थिए। यो प्रदर्शनमा राजावादीहरूको आन्दोलन हिंस्रक बन्यो। बिएल नेपाली सेवाकी ईशु राईले त्यो हिंस्रक आन्दोलनका बारेमा ब्रिफ्रिङ गरेकी छन्…

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सरकार अब हेरेर बस्दैन’

‘सरकार अब हेरेर बस्दैन। किनकि यो कुनै राजनीतिक आन्दोलन होइन। यो आपराधिक लुटपाटको हिंसाजनक अमानवीय कार्य हो। यसमा सरकार आज जस्तै संयमित भएर आगामी दिनमा बस्छ जस्तो मलाई लाग्दैन’ उनले भने ‘यो सबको जिम्मेवार दुर्गा प्रसाईं हुन् भन्ने हाम्रो ठहर हो। उनीहरूलाई कानुनअनुसार कारबाहीमा ल्याएरै छोड्छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

तीनकुनेस्थित एउटा ब्यापारिक भवनमा राजावादीहरूले आगजनी गरेका थिए। उक्त घरको छतमा बसेर आन्दोलनको दृश्य खिचिरहेका एभिन्यूजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजावादीको प्रदर्शन : एकजनाको मृत्यु, २२ घाइते, दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

राजावादीको प्रददर्शन उग्र हुँदा भएको झडपमा एकजना मारिएका छन् भने प्रहरीसहित २२ जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाइफायर गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईं ‘कमाण्डर’ बनेर आए, तीनकुनेमा राजावादीले आगो लगाए (भिडिओसहित)

त्यो बेलासम्म दुर्गा प्रसाईं भने आफैले गाडी हाँकेर त्यहाँबाट निस्किए। प्रसाईं बीएबी ४२०८ नम्बरको कार चढेर आएका थिए। त्यही कार हाँकेर त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किएर उनले सामाजिक सञ्जालबाट प्रहरीले दमन गरेको र प्रदर्शनस्थलमा जान नदिनका लागि अश्रुग्याँस हानेको आरोप लगाए। उनले राजावादीहरूलाई निजी सम्पत्तीमा आगजनी नगर्न पनि अपिल गरे। त्यतिञ्जेल प्रदर्शनकारी झन उग्र भइसकेका थिए। प्रसाईं आफैले गाडीबाट हात हल्लाउँदै प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न लगाएर झन उक्साएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका सडकमा निस्कियाे नेपाली सेना

प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रलाई हिंस्रक बनाएपछि त्यहाँ प्रशासनले कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेनाले पनि गस्ती गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीनकुने-बानेश्वरमा कर्फ्यू

तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीनकुनेमा उच्छृङ्खल राजावादी, घरमा आगो लगाइदिए, प्रहरीले गाेली हान्याे

त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो। अहिले पनि तीनकुने रणमैदान बनिरहेको छ।  प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी गाेलीसमेत प्रहार गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुनेमा राजावादीलाई अश्रुग्याँस

प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई साइबर अपराम मुद्दा

उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन्। उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन्। जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुबैथरिका प्रदर्शन सुरु, तीनकुनेमा राजावादीहरू उग्र बन्दै

तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले तीनकुने पुलबाट बानेश्वरतिर प्रदर्शनकारीलाई छिर्न दिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान र हितेन्द्रको मुद्दा एउटै इजलासमा

आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातादिनम सुनको मूल्यमा नयाँ रेकर्ड

यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा ‘शक्ति प्रदर्शन’काे हाेड : यस्ताे छ सडककाे अवस्था (तस्विरहरू)

शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईथरि प्रदर्शनकाबीच संसद बस्दै, प्रतिपक्षले के गर्लान्?

बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो।  विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता -