सरकारले आन्तरिक रोजगार प्रवर्द्धनमा काम गरिरहेको छ: रोजगारमन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपाल सरकारले आन्तरिक रोजगारलाई नै मुलुकको मूल आर्थिक गतिविधिको आधार मानेको बताएका छन्। मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरूलाई राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले आन्तरिक रोजगारको प्रवर्धनका लागि काम गरिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं