नेकपा (एस) मकवानपुरको अध्यक्षमा दाहाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए। भोलिदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास एवं गृहकार्य र सम्मेलनमार्फत विदेशी लगानीकर्तालाई नेपालले दिन चाहेको सन्देशबारे कुरा गर्दै परिसङ्घ अध्यक्ष अग्रवालले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा पहिचान भएको बताए। तेस्रो लगानी सम्मेलनको सहआयोजकसमेत रहेको निजी क्षेत्र अहिलेको वातावरणबाट उत्साही भएको र लगानीका लागि तयार रहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौँ
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही देशको बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरु श्रीनीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ।
बिएल संवाददाता - ललितपुर
दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।
बिएल संवाददाता - स्याङ्जा
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
बिएल संवाददाता - गण्डकी
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ स्थित जरलहवा गाछी भन्ने गाउँमा भएको आगलागी नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् डिएसपी सन्तु जैसवारले ७ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। उनले विश्वासको मत लिनु अगाडि बुधबार सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्।
बिएल संवाददाता - सुर्खेत
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ। मेला पाँच दिनसम्म जारी रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो।
बिएल संवाददाता - दोधारा चाँदनी
मुम्बईको बाहिरी भागमा रहेको दिवास्थित आफ्नै घरबाट यात्रा गर्छिन् उनी। एक घण्टा २० मिनेटको यात्रा गरेर उनी दिनदिनै भायकुलाको अपमार्केट जान्छिन्। जहाँ उनले दुई वर्षदेखि खाना पकाउने काम गरिरहेकी छिन्।
बिएल संवाददाता - मुम्बई
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
यतिबेला काठमाडौँ उपत्यकाको शोभा बनेर थरिथरीका फूलहरू ढकमक्क फूलेको देख्न सकिन्छ। यसले सहरलाई सुन्दर अनि राेमाञ्चित बनाइरहेकाे छ। विशेषगरी दुर्गन्धित मानिने काठमाडौँ धोवीखोला आसपासमा फूलेका फूलहरूले सुगन्ध थपेकाे छ। रङ्गी फूलहरूले धोवीखोलाकाे शोभा बढाएकाे छ।
रविन भण्डारी - काठमाडौं
बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ।
बिएल संवाददाता - कैलाली
राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ। नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो।
बिएल संवाददाता - कञ्चनपुर
मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले शनिबार नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो। बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए।
बिएल संवाददाता - महोत्तरी
आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ।
बिएल संवाददाता - काठमाडाैं