शनिबार, ०४ जुलाई २०२६

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ।  प्रदेश सभामा ६ वटा विषयगत समिति र एक विशेषाधिकार समितिको मंगलबार सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेश सभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सात वटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चैतेदसैँ: बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो। हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

चाैथाे पटक विश्वासकाे मत लिँदै मधेशका मुख्यमन्त्री

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

भ्याली ग्रुपको ब्राण्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई 

विक्रम सम्बत् २०४१ मा सुपथ मूल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल ब्यवसायीक समूह बनिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाममा आगलागीमा परेर दुई नाबालकको मृत्यु

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी छ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

म्यान्मारमा बेग्लैछ ‘पानी पर्व’को रौनकः रमाउँदै छन् नेपालीभाषी

तीन महिनाअघि मात्रै नागरिक समूह ‘टीएनएलए’ले आफ्नो कब्जामा लिएको म्यान्मारको नाम्टू नगरलाई एक दशकअघि दोस्रो नेपाल भनिन्थ्यो। नाम्टूमा हजारौँ नेपालीहरू बसोबास गर्छन्। उनै नेपालीहरूले गालामा चन्दनको लेप र हातमा पहेंलो फूल समात्दै म्यान्मारको परम्परागत नयाँ वर्षलाई स्वागत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - नाम्टू नगर

मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताएका छन्। बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताएका छन्। उनले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

यहाँका स्थानीय सडकको पर्खाइमा छन्। गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ। अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ। सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन। यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी (रुकुमपश्चिम)

आज नयाँ वर्ष, हर्षाेउल्लासका साथ मनाइँदै

नयाँ वर्षकाे पहिलाे दिन आज (शनिबार) विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर मनाइँदैछ। वैशाख १ गतेलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै, नाउपा, जसपा र समाजवादीलाई फकाउनै बाँकी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

प्रधानमन्त्रीद्वारा इद–उल–फित्रको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

गण्डकी सरकारबारे पूर्णसुनुवाइ वैशाख १० गते, दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दीर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। साथै इजलासले यस रिटको पूर्णसुनुवाइ वैशाख १० गते गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरेअनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कर्णालीमा एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त

कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत