बिहिबार, ०७ अगस्ट २०२५

बागमती प्रदेशसभा बैठक १९ गते बस्ने

बागमती प्रदेशसभाको बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुट्टो मुद्दामा फसाइएको दाबी गरे। शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरूले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनीका रुपलाल चौधरीले एक वर्षमा तीन खेती गर्छन्। उनले हिउँदे खेतीमा तोरी लगाउँछन् भने चैतमा चैते धान र असारमा पुनः धान रोपाइँ गर्छन्। 'खेती गरेरै जीवन निर्वाह गर्नुपर्ने बाध्यतामा वर्षौँदेखि छ। पहिले–पहिले बाढी र डुबान अत्यधिक हुने हुँदा हिउँदे बाली अर्थात् एउटा खेतीमात्रै गर्न सकिन्थ्यो', रुपलालले भने, 'चैते धानखेती सुरु गरेपछि खेत बाँझो राख्नुपरेको छैन। उजाड देखिने उर्वर फाँट वैशाख/जेठको गर्मीमा पनि हरिया देखिन थालेका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो, कोशी, बागमती र गण्डकीसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमा पक्की पुल बनेको छ।  तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्ति आवश्यकः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजबाद निर्माणको लागि बलियो कम्युनिष्ट शक्ति आवश्यक रहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

मेयर गोपाल हमालकी छोरी भारतबाट सम्पर्कविहीन

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाई दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

म्याग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ। लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्‍याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नौ बुँदे प्रतिबद्धता

सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका-९ वडा कार्यालयले नौ बुँदे प्रतिबद्धता जारी गरेको छ।  सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन्। ‘म आएको दुई महिना हुन लाग्यो। दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ। पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न।’ यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

आज फागु पूर्णिमा

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाङमा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा एकै परिवारका दुई जनाको मृत्यु, एक गम्भीर घाइते

दाङको राप्ती गाउँपालिका– ३ मसुरियामा बिजुलीको तार चुडिएर करेन्ट लाग्दा घरमा बसेका दुई जनाको मृत्यु भएको छ। भने, एक जना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

अजयमेरुकोट संरक्षणको पर्खाइमा

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्राैँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको  अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ। तत्कालीन राजा मल्लले गृष्मकालीन समयमा बस्नका लागि निर्माण गराएको उक्त कोट संरक्षण अभावमा जीर्ण हुनुका साथै संरचना मेटिँदै गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दलित अधिकार रक्षा गर्ने प्रदेश प्रमुखको प्रतिबद्धता

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

उमेरले छेकेन सीताको पढ्ने रहर

सीताले जागीर खानका लागि पढेकी होइनन्। शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनी बताउँछिन्। उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन्। कक्षा ६ मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

काेशीमा तीन महिनामा ४८८ आगलागीका घटना

सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पर्यटक बढाउन पोखराका हाेटलले दियाे छुट

होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

पर्यटकीय राजधानी घोषणाले पोखरालाई के फरक पार्छ ?

आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवाताल छेउ बाराहीघाटमा उल्लासको माहोल छाइरहेको थियो। पोखरालाई पर्यटकीय राजधानी बनाउने वर्षौँअघिदेखिको सपना पूरा हुँदा पोखरेलीहरु खुसीले गद्गद् थिए। एकापसमा बधाई साटिरहेका देखिन्थे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी