मङ्गलबार, ०५ अगस्ट २०२५

काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर

राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ। आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजको मौसमः वर्षाको सम्भावना कम, तापक्रम बढ्दो क्रममा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दाङका पानी उद्योगमा छैनन् प्रयोगशाला

दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

काठमाडौँमा वायु प्रदूषण बढ्दो, जोखिमबाट कसरी बच्ने ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पश्चिमी र स्थानीय वायुको असर कायमै, आजको मौसम कस्तो छ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जनकपुरधामको ऐतिहासिक गंगा सागर सरोवरमा चैती छठको रौनक (तस्बिरहरु)

आज चैती छठको मुख्य दिन। भक्तजनहरुले दिनभरि व्रत बसेर घाटमा गइ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। चैत्र शुल्कपक्ष चतुर्थी तिथि मङ्गलवारदेखि सुरु भएको छठ पर्व शुक्रबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिइ विधिवतरुपमा समापन गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव

पाँचथर . नयाँ वर्ष २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ। विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

आज कोशी र मधेस प्रदेश बदली, कस्तो रहला अन्य ठाउँमा मौसम

हाल देशमा पश्चिमी  तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे

चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन्। आइतबारदेखि नवरात्र सुरु भएको छ। चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ। चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै

देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन्। माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन  सडक आन्दोलन गर्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युट्वर गंगा लामा पक्राउ

लामाले युट्युबमा बाबु छोरीले यौनसम्पर्क राखेको जस्तो भ्रामक सामाग्री बनाएर अपलोड गरेको पीडितको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। उनको बारेमा ब्यूरोले अहिले केही बोलेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लागुऔषध खाने पैसा नदिएको रिसमा खुकुरी प्रहार गरी भाउजुको हत्या

हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्। राहुल भन्ने २५ वर्षीय रमेश दासले बुधबार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा भाउजुलाई खुकुरी प्रहार गरी हत्या गरेको र भाउजुलाई हत्या गरेपछि बुधबार दिउँसो करिब ४ बजेतिर माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

देशभरकाे माैसम सुधार हुँदै

देशकाे माैसम सुधारिँदै गएकाे छ। देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१३ दिनदेखि हराएकी गुलशनाको शव बोरामा बाँधेर गाडेको भेटियो

गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ। गोलबजार नगरपालिका-९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन्। त्यसपछि उनी फर्किनन्। मंगलबार बिहान गोठालाहरूले झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए। गोलबजार-९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने, ‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो। अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो। दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो। १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडलभित्र मृत अवस्थामा फेला परिन्।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

रातभरि दन्किरह्याो प्लाइ उद्याोगमा आगाे

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार त्यहाँ मानवीय क्षति भने भएको छैन। आगो निभाउने कार्य भइरहेका कारण क्षतिको विवरण पनि एकीन भइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एपीएफले समात्यो १०३ किलो गाँजा बोकेको ट्रक

सशस्त्र प्रहरीले १०३ किलो लागुऔषध गाँजासहित बाराबाट ट्रक नियन्त्रणमा लिएको छ। चैत्र ६ गते राति रामनगरबाट १०३ किलो गाँजासहित ना८ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका-३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ। लागु औषध गाँजासहित ट्रकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

सेतो मछिन्द्रनाथ पुननिर्माणका लागि भारतीय दूतावासद्वारा २४ किलो चाँदी हस्तान्तरण

असनमा बन्दै गरेको सेतो मछिन्द्रनाथ मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका बीच उक्त चाँदी हस्तान्तरण गरिएको हो। भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले २४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुननिर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको बताए। साथै तोकिएको समयमा नै पुननिर्माणको काम सम्पन्न गर्न पनि आग्रह गरे। उनले भने, ‘२४ किलो चाँदी सेतो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माणका लागि हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ। यसको पुनर्निर्माणको काम सकिने भनेर मिति तोकिएको छ। आशा छ भनिएको समयमा नै सकियोस् भन्ने चाहन्छु। यो अवर दिनुभएकोमा धन्यवाद व्यक्त गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने महिला पक्राउ

प्रहरीमा जागिर लगाई दिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले ३२ बर्षीया लक्ष्मीकुमारी महतोलाई पक्राउ गरेको हो। हरिपूर्वा नगरपालिका-५ का २१ बर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका-१७ की महतोले ठगी गरेको सर्लाही प्रहरीले जनाएको छ। महतोले पटक-पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्रप्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार महतोलाई पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

मोटरसाइकलमा अगाडि बच्चा राख्दैमा दुर्घटना हुँदैनः सिताराम हाछेथु (भिडियोसहित)

ललितपुर महानगरपालिका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले सरकारले परिमार्जन गर्न खोजेको सवारी ऐनमा कतिपय कुरा व्यवहारिक भएपनि कतिपय कुराहरू भने अव्यवहारिक रहेको बताएका छन्। उनले नियमहरू जनताले मान्ने हुनुपर्नेमा कतिपय नियमहरू सरकारले जबरजस्ती बनाउने गरेको भन्दै असन्तुष्टि जनाए।  बीएल मिडियासँगको कुराकानीमा उनले भने, ‘नियम भनेको जनताले मान्ने किसिमको हुनुपर्छ। अनिमात्र सबै जनताले मान्छन्। नियम बनाउने मान्छे कुर्सीमा बसेको हुन्छ। अव्यवहारिक नियम बनाइदिन्छन्। यता नियम पालना गराउने ट्राफिक प्रहरी र जनताबीच द्वन्द्व हुन्छ।’ उनले बालबालिकाहरूलाई मोटरसाइकलको अगाडि राखेर चलाउन नपाइने भन्ने नियम अव्यवहारिक रहेको दाबी गरेका छन्। उनले अगाडि राख्न नमिल्ने बालबालिकाको उमेर तोकिदिए व्यवहारिक हुने सुझावसमेत दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्र होली मनाउने स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको छ। होली खेल्नका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं