
एपीएफले समात्यो १०३ किलो गाँजा बोकेको ट्रक
सशस्त्र प्रहरीले १०३ किलो लागुऔषध गाँजासहित बाराबाट ट्रक नियन्त्रणमा लिएको छ। चैत्र ६ गते राति रामनगरबाट १०३ किलो गाँजासहित ना८ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका-३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ। लागु औषध गाँजासहित ट्रकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।

बिएल संवाददाता - बारा