
अफगानिस्तानले बंगालदेशलाई दियो ११६ रनको लक्ष्य
अफगानिस्तानले बंगालदेशलाई ११६ रनको लक्ष्य दिएको छ। जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको हो। अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ४३ रन बनाए भने कप्तान राशिद खानले १९ रन बनाएका थिए।

बिएल संवाददाता - काठमाडाैं