काभा नेसन्स लिग आजदेखि
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन्। कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित ४ खेलाडी थिए। तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे।
बिएल संवाददाता - पेरिस
जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ। भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्राे सेट जित्न १८ मिनेट खर्चे।
बिएल संवाददाता - पेरिस
एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका लागि आज (आइतबार) आयोजक श्रीलंका र भारत प्रतिस्पर्धा गर्दैछन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन्। भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए। भने दोस्रो सेट २१-६ ले जितेका थिए।
बिएल संवाददाता - काठमाडाैं
जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्। शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन्। भने, कूल २० देशले पदक जितेका छन्।
बिएल संवाददाता - काठमाडाैं
चीनका १९ वर्षीय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा पक्का भएको छ। शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैँ
फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठुलो बाधक बन्न सक्ने अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल जारी महिला एसिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा आज निधन भएको छ। धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका खड्काको उपचारका क्रममा निधन भएको हो। उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
उनले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए।
बिएल संवाददाता - काठमाडौं
आइसिसीले सोमबार टी– २० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। यो समितिमा न्यूजील्यान्डका पूर्वब्याट्सम्यान रोजर टोसे र आइसिसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा रहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
जारी महिला एसिया कपअन्तर्गत आज (मंगलबार) नेपालले भारतको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ ७ : १५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन्। क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली महिला राष्ट्रिय भलिबल टोली मैत्रीपूर्ण खेलमा रसियन टोलीसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो। रसिया भने २५–१७,२५–१९, २५–१५ ले विजयी भएको हो।
बिएल संवाददाता - काठमाडौं