ला लिगा: डेपोर्टिभो एलाभेसमाथि रियल म्याड्रिडको ३–२ गोलको जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले डेपोर्टिभो एलाभेसलाई ३–२ ले पराजित गरेको छ। एम्बापेले लगातार पाँचौं खेलमा गोल गरेपछि रियल विजयी भएको हो। रियलले लुकास भाजक्वेजको गोलले खेलको पहिलो मिनेटमै अग्रता लिएपछि एम्बापेले ४०औं मिनेटमा दोस्रो गोल थपे। रोड्रिले ४८ औं मिनेटमा तेस्रो गोल गरे। रियल जिततर्फ अग्रसर भएको बेला डेपोर्टिभोका कार्लोस बेनाभिडेज र किका गार्सियाले गोल गरे। यी गोल ८५ र ८७ औँ मिनेटमा भए। रियलको सात खेलबाट १७ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी हो।
बिएल संवाददाता - काठमाडाैँ