हिमाल खबर
काठमाडौँ उपत्यकामा वर्षमा दुई महिना मनसुन हुन्छ। बाँकी १० महीना त्यही दुई महीना परेको पानी संचय गरेर प्रयोग गरिन्छ। विश्व इतिहास हेर्दा सबै जस्तो देशहरूमा इनारको विकास बढी भएको पाईन्छ।
काठमाडौँमा पनि इनार धेरै अघि बनेको पाइन्छ। यसको अर्थ सतहको पानी सकिएको वेला धर्तीबाट पानी खोज्नुपर्छ भन्ने ज्ञान त्यतिवेलै पूर्खाहरूमा थियो भन्ने हुन्छ।
आकाशको पानी पनि बचाएर अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भनेर लिच्छिविकालभन्दा अघिबाटै अभ्यासहरू भएका छन्। लिच्छिविकालको शुरुआतमा ढुङ्गेधाराको प्रचलन शुरू भइसकेको थियो। ती ढुङ्गेधाराहरू करीब पाँच सय वर्ष चलिरहका थिए भन्ने कुरा छ। यो अभ्यास गर्नेमा दक्षिण एसियामा हाम्रो देश नै एक मात्र हो।
लिच्छिविकालमा नै बनाइएका अन्य धरै पानीका स्रोतहरू अझै पनि छन्। लिच्छिविकालका शिलालेख हेर्दा शुरूमै हामी धेरै संस्कृत शब्दहरूमा लेखिएको पाइन्छ। तर पानीसँग सम्बन्धित गैर-संस्कृत शब्द पनि प्रयोग भएका छन्। जस्तै दिमक (पोखरी), तिलम र तिलमका (नहर), लखमक (इनार)। त्यतिवेला यी शब्द प्रचलित भइसकेकाले लिच्छविकालीन शिलापत्रमा संस्कृति भाषाको प्रयोग नभएको पाईन्छ।
हाम्रो पानी प्रयोगको प्रणाली लिच्छिविकाल भन्दा अघि किरातकालमै शुरू भइसकेको देखिन्छ। किनभने लिच्छिविकाल आउँदा नै उनीहरूले यो सबै प्रणाली त्यही भएको पाएका थिए। त्यसैले ति शब्दहरू फेरिएनन्। फेरि ति शिलालेखमा संस्कृत भाषा लेख्न नयाँ समाजमा सजिलो नहुने पनि देखियो। लिच्छिवि शिलालेख लिच्छिविहरू आएको चार सय वर्षपछि मात्र शुरू भएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया