हिमाल खबर
काठमाडौँ उपत्यकामा वर्षमा दुई महिना मनसुन हुन्छ। बाँकी १० महीना त्यही दुई महीना परेको पानी संचय गरेर प्रयोग गरिन्छ। विश्व इतिहास हेर्दा सबै जस्तो देशहरूमा इनारको विकास बढी भएको पाईन्छ।
काठमाडौँमा पनि इनार धेरै अघि बनेको पाइन्छ। यसको अर्थ सतहको पानी सकिएको वेला धर्तीबाट पानी खोज्नुपर्छ भन्ने ज्ञान त्यतिवेलै पूर्खाहरूमा थियो भन्ने हुन्छ।
आकाशको पानी पनि बचाएर अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भनेर लिच्छिविकालभन्दा अघिबाटै अभ्यासहरू भएका छन्। लिच्छिविकालको शुरुआतमा ढुङ्गेधाराको प्रचलन शुरू भइसकेको थियो। ती ढुङ्गेधाराहरू करीब पाँच सय वर्ष चलिरहका थिए भन्ने कुरा छ। यो अभ्यास गर्नेमा दक्षिण एसियामा हाम्रो देश नै एक मात्र हो।
लिच्छिविकालमा नै बनाइएका अन्य धरै पानीका स्रोतहरू अझै पनि छन्। लिच्छिविकालका शिलालेख हेर्दा शुरूमै हामी धेरै संस्कृत शब्दहरूमा लेखिएको पाइन्छ। तर पानीसँग सम्बन्धित गैर-संस्कृत शब्द पनि प्रयोग भएका छन्। जस्तै दिमक (पोखरी), तिलम र तिलमका (नहर), लखमक (इनार)। त्यतिवेला यी शब्द प्रचलित भइसकेकाले लिच्छविकालीन शिलापत्रमा संस्कृति भाषाको प्रयोग नभएको पाईन्छ।
हाम्रो पानी प्रयोगको प्रणाली लिच्छिविकाल भन्दा अघि किरातकालमै शुरू भइसकेको देखिन्छ। किनभने लिच्छिविकाल आउँदा नै उनीहरूले यो सबै प्रणाली त्यही भएको पाएका थिए। त्यसैले ति शब्दहरू फेरिएनन्। फेरि ति शिलालेखमा संस्कृत भाषा लेख्न नयाँ समाजमा सजिलो नहुने पनि देखियो। लिच्छिवि शिलालेख लिच्छिविहरू आएको चार सय वर्षपछि मात्र शुरू भएको हो।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया