गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा
गृहमन्त्री रमेश लेखक शनिबार सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन्। पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न उनी खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित सगरमाथा आधारशिविर पुगेका हुन्। सो क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए। उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज बनाउने दिशामा केन्द्रीत हुने स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं