चार्टर्ड विमानमार्फत काठमाडौं उडे पूर्वराजा, दुबोको माला र दही खुवाएर विदाइ
पूर्वराजालाई पोखरामा पञ्चेबाजासहित विदाइ गरिएको छ। उनको समर्थनमा राजा आउ देश बचाउको नारा लगाइएको थियो। उनलाई दुबोको मालासहित दही खुवाएर विदाई गरिएको छ। गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्याउँने कार्यक्रम तय छ।
बिएल संवाददाता - काठमाडौं