लुकेर बसेका नेपाली बोकेर उड्यो अमेरिकी जहाज
अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज पहिलोपटक बुधबार बिहान १० बजे काठमाडौं अवतरण गर्न लागेको हो। नागरिक उड्डयन प्राधिकरणको उच्च स्रोतका अनुसार पहिलोपटक ११ नेपालीहरूलाई लिएर अमेरिकी जहाज नेपाल आउन लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। ‘प्रारम्भिक जानकारी अनुसार ११ जना नेपालीहरूलाई लिएर चार्टर जहाज आउने जानकारी प्राप्त भएको छ। जानकारी अन्तिम होइन, संख्या थपघट हुन सक्छ,’ स्रोतले भन्यो।
बिएल संवाददाता - काठमाडौं