पशुपति धर्मशाला फेरि मारवाडीकै पोल्टामा
गत असोजमा पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिबाट खोसेर धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिएको थियो। लगत्तै महानगरले धर्मशाला खाली गराउने प्रयास पनि गर्यो। महानगरलाई जिम्मा दिने कोषको निर्णयविरुद्ध मारवाडी सेवा समाज उच्च अदालत पुगेको थियो। मारवाडी सेवा समितिको रिटमाथि सुनुवाइ गर्दै बुधबार उच्च अदालतले महानगरपालिका र कोषबीच भएको सम्झौता खारेज गरेको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले बताइन्।
बिएल संवाददाता - काठमाडौं