कमजोर भिजिबिलिटीले काठमाडौं विमानस्थलमा उडान प्रभावित, आधा दर्जन विमान डाइभर्ट
मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन उडान/अवतरण प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण आधा दर्जन विमान डाइभर्ट भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन्। काठमाडौं एयरपोर्टमा भिजिबिलिटी राम्रो नभएपछि जजिरा एयरवेज र एयर इन्डियाका दुई विमान भारतको बनारस डाइभर्ट भएका छन्। त्यस्तै फ्लाइ दुवईको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
बिएल संवाददाता - काठमाडौं