भारत भ्रमणमा खानेपानीमन्त्री, महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर हुने
उनले भनिन्, ‘यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज दिउँसो २ बजे भारत प्रस्थान गर्नु भएको हो। उक्त समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव र भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सीआर पाटीलले हस्ताक्षर गर्नुहुनेछ।’ भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौता पत्रमा हस्ताक्षर हुने जनाइएको छ।
बिएल संवाददाता - काठमाडौं