शुक्रबार, १७ जुलाई २०२६

ओलीको दाबीः हामीले संयमित हुन आग्रह गरेपछि ‘भारत-पाकिस्तान’ युद्ध रोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्। सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे। ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

एमालेका ‘फरार सांसद’ ओली उपस्थित कार्यक्रममा, प्रहरी हेरेको हेर्‍यै

मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेका एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन्। प्रहरीको पक्राउको लिस्टमा रहेका पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका हुन्। पन्थी यसअघि नै प्रदेश सभामा पनि निर्वाध पुगिरहेका छन्। सार्वजनिक कार्यक्रममा देखिइरहेका छन्। तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पूर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका एक सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको छ। पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेन पनि तयार भयो रुससँग वार्ता गर्न, इस्तानबुलमा भेटिएला युद्ध अन्त्यको बाटो?

‘वार्तामा बसेपछि कम्तीमा सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुराको निर्क्योल हुनसक्छ। सम्झौता हुनै सकेन भने पनि कम्तीमा युरोपेली नेताहरू र अमेरिकालाई कुन कुन विषयवस्तु कहाँ कहाँ छन् भन्ने प्रस्ट हुनेछ’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए ‘त्यसैले तत्काल, अहिले नै वार्ता गरिहाल…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बुद्ध जयन्ती विद्रोह र क्रान्तिको प्रेरणादायी क्षण हो : प्रचण्ड

‘बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि हो। करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैंगिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारत पाकिस्तान वार्ता : दुबै देशका सैन्य अधिकारीले नेतृत्व गर्ने

वार्तामा दुई देशका मात्रै प्रतिनिधिहरू हुनेछन्। दुबै देशले अन्य तेस्रो देशको मध्यस्थतालाई अस्वीकार गरिसकेका छन्।  यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रातभरि दुबै देशका प्रधानमन्त्रीहरूसँग फोनवार्ता गरेर युद्धबिरामको सहमति भएको थियो।  यो पहिलो चरणको वार्ताको नेतृत्व दुबै देशका सैन्य अपरेशन महानिर्देशकहरूले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अमेरिका-चीनबीच ब्यापार सम्झौता

दोस्रोपटक राष्ट्रपति भएसँगै भन्सार कर नीतिमा डोनाल्ड ट्रम्प निकै कडारुपमा प्रस्तुत हुँदै आएका थिए। उनी सबैभन्दा चीनप्रति नै आक्रामक देखिए। चिनियाँ वस्तुमाथि उनले १४५ प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यस्तै चीनले पनि अमेरिकी सामग्रीमाथि १२५ प्रतिशत कर पुर्‍याइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व पौडेलले समितिबाट राजीनामा दिए, गभर्नर नियक्तिको तयारी

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। शनिबार सत्ता साझेदार दलहरूबीच प्रधानमन्त्री निवासमा भएको बैठकमा देउवाले उनको नाम सिफारिस गरेका हुन्।  पौडेल योजना आयोगका पूर्वअध्यक्षसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साढे तीन वर्षपछि धुम्बाराही फर्किए कमल थापा, सुध्रिएको हो सम्बन्ध?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्। जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए। लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्। पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान ‘युद्धविराम’को राष्ट्रसंघद्वारा स्वागत, यता आरोप-प्रत्यारोप कायमै

सम्झौताले दिगो शान्तिमा योगदान पुर्‍याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघ  शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ। एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए। अमेरिकाको प्रत्यक्ष हस्तक्षेपमा भारत युद्धविरामका लागि तयार भएको थियो। तर, यता दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

‘टीयू क्रिकेट मैदान’ निर्माणः पूरा भएन प्रधानमन्त्रीको बाचा

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए। तर तीनसय २९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ। प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान तीनसय दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए। त्यस्तै सहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य सकिने दाबी गरेको थियो। उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले केही महिना अघि क्रिकेट मैदानको अवलोकन गर्दै तोकिएको मितिभित्र पूरा हुनेगरी काम अगाडि बढिरहेको बताएका थिए। मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम ०८१ फागुनमा सम्झौता भइ २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो। तर मैदानको अवलोकनका आइतबार कीर्तिपुर पुग्दा निर्माण कार्य धमाधम भइरहेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानलाई ‘हमासकै अवस्थामा पुर्‍याइदिने’ इजरायलको चेतावनी

इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्। इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायलको यस्तो चेतावनी आएको हो। ‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमार्फत भनेका छन्। उनले थपेका छन्, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’ हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै रहेको इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको ‘नीति तथा कार्यक्रम’ प्रतिनिधि सभाबाट बहुमतले पारित

सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसहित)

यस्ता छन्, प्रधानमन्त्रीले संसदमा दिएका जवाफहरू १.गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ। हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ। विकास-निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ। त्यसैले प्रस्तुत नीति-कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो। यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्। केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए।  अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

नीति तथा कार्यक्रम एकदम व्यवस्थित छ, ‘कमा’ र ‘फूलस्टप’ पनि ‘चेन्ज’ हुँदैनः एमाले

अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन्। उनले भने, ‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर  ल्याएको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिगत अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान युद्धविरामको कांग्रेसद्वारा स्वागत

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत-पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् । उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो। झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले भने ‘भारत र पाकिस्तानप्रति मलाई गर्व छ…’

ट्रम्पले आफ्नै मध्यस्थतामा भारत-पाकिस्तानबीच युद्ध बिराम गराएका थिए। शनिबार साँझ ५ बजेदेखि एकआपसमा सैन्य लडाईंमै उत्रिएका भारत पाकिस्तान युद्धबिरामका लागि सहमत भएका हुन्। त्यसका लागि ट्रम्पले दुबै देशका प्रधानमन्त्रीहरूसँग धेरै चरणमा फोनवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विश्व पौडेललाई गर्भनर बनाउने कांग्रेसको तयारी

नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ। शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई नयाँ गर्भनर बनाउन प्रस्ताव राखेकाे कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनसँग ‘सिधै’ वार्ता गर्ने रुसको प्रस्ताव

‘द्वन्द्वका कारणहरू समाधान गर्न र बलियो दीगो शान्तिका लागि अघि बढ्नका लागि हामी गम्भिर वार्ताको पर्खाईमा छौं’ पुटिनले एउटा टेलिभिजन सम्बोधनमा भनेका छन्। यसअघि बेलायती प्रधानमन्त्री केअर स्टार्मर, फ्रान्सका राष्ट्रपछि एमानुएल म्याक्रोसहित युक्रेन पुगेका युरोपेली शीर्ष नेताहरूको रुसलाई निशर्त ३० दिनका लागि युद्धबिराम गर्न अपिल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

युद्धबिराम भएपछि भारतीयले किन सम्झिरहेछन् इन्दिरा गान्धी?

पाकिस्तानबिरुद्ध ‘अपरेशन सिन्दूर’ लिएर आक्रमण थालेको भन्दै जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा र वाहवाही भएको थियो, केहीबेरमै भारतीयले इन्दिरा गान्धीलाई सम्झिन थाले र मोदीको आलोचना गर्न थाले।  भारतीय कँग्रेस पार्टीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र अमेरिकाका पूर्व राष्ट्रपति रिचर्ड निक्सनको तस्बीर सार्वजनिक गर्दै केही सन्देश लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ