उर कुलमानले बोलेकै भरमा प्राधिकरण नाफामा छ भनेर पत्याउँन सकिन्न
उनले जाँचमा भाग नै नलिने विद्यार्थीले कति नम्बर पाउँछ भन्दै प्रश्न समेत गरे। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले कानुनअनुसार काम नगरेको बताए। उनले भने, ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ? मलाई भनिदिनु पर्यो। कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ। उहाँलाई कानुन लाग्दैन भन्नुपर्यो। संविधानमा नै लेखिदिनुपर्यो। हामीले ल्याएको व्यवस्थामा त्यस्तो होइन। सबै नागरिक नेपालको कानुन अन्तर्गत रहनेछन्। कानुनको पालना गर्ने जिम्मेवार पदमा हुने नहुने सबैको दायित्व हो। त्यसैले उहाँले शुन्य नम्बर पाउनु भएको हो। उहाँ उपस्थित नै हुनु भएन, टेर्दै टेर्नु भएन, चिन्दै चिन्नु भएन।’
बिएल संवाददाता - काठमाडौं