सोमबार, २७ अप्रिल २०२६

संविधान संशोधन कांग्रेस-एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरुको एजेण्डा होइन, कथा र बहाना मात्रै हो। सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको छ: रविन्द्र मिश्र

संविधान कार्यान्वयन: अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई सन्तोष परियारकाे आग्रह- तपाईंको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्

उनले भने, ‘म युद्ध विरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो। फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु। तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्’, परियारले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सोमबार माइतीघर मण्डलमा महासंघले प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो। प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पुगेकाे छ। साेमबार प्रसाईंका कानुन व्यवसायीले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषा प्रहरीको हिरासतबाट भागेका ४ जना थुनुवा पक्राउ

पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका-७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका-१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

श्रीलङ्काबाट भागेका ‘राष्ट्रपति’ विनाेद चौधरीकाे हाेटलमा

राजपक्षे ड्रुक एअरको उडान नम्बर केबी ४०० मा साेमबार बिहान ८ बजे काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले बताएकाे छ। कोलम्बोमा नवनिर्वाचित वामपन्थी राष्ट्रपतिले शपथ लिएलगत्तै राजपक्षे काठमाडौं आएका हुन्। उनलाई नेपाली काँग्रेसका सांसद एवं व्यापारी विनोद चौधरीले स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँ तिहारमा चिनीको अभाव नहुने

विभागले भारतबाट खरिद गरेको ८ हजार १ सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्यानडासँग दोस्रो खेलमा पनि पराजित भयो नेपाल

आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ।  क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ। सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो।  नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो। कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा ओली र आरजुको स्वागत कार्यक्रम नै रद्द !

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको सम्मानमा आइतबार न्युयोर्कमा आयोजना गरिने भनिएको  स्वागत तथा अन्तर्क्रिया कार्यक्रम रद्द भएको छ ।अमेरिकामा रहेका रास्वपा र पहिचानवादी संघसंगठनहरुले उनीहरूलाई कालो झण्डा देखाउने जनाएपछि सुरक्षाको कारण कार्यक्रम रद्द गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको धरपकड

दुर्गा प्रसाईं काठमाडाैँमा पक्राउ परेलगत्तै  उनका समर्थकमाथि प्रहरीले धरपकड सुरु गरेको छ।  प्रहरीले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनालीलाई नियन्त्रणमा लिएको छ।  यसैगरी भर्खरै गठित नागरिक प्रतिरक्षा बल–पिडिएफ) का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झापामा दुर्गा प्रसाईंका समर्थकले तीन ट्रक जलाए

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ।  यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ। ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

ओली र मोदीबीच न्युयाेर्कमा भेटवार्ता, के भयो कुराकानी?

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ। उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

पक्राउ पर्ने डरले रविले कार्यालयमै बोलाए नेता कार्यकर्ता

सहरकारीको रकम अपचलनमा पक्राउ पर्ने डरले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता कार्यक्रतालाई पार्टी कार्यालयमा बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले बोलायो आकस्मिक बैठक

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेका सभापति रवि लामिछानेलाई पक्राउ पर्ने आशंकापछि रास्वपाले कार्यकर्तालाई कार्यालयमा बोलाएको हाे। सभापति लामिछाने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा आकस्मिक छलफलमा जुटेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी छानविन प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुआब्जा माग्दै १०५ दिनदेखि अनसनमा अन्सारी

भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए। करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं