सोमबार, २७ अप्रिल २०२६

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

नेकपा एमाले-नेपाली कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन्। विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रियामा ८३ सांसदले भाग लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एमालेले तयार गर्‍याे एक वर्षे कार्ययोजना (पूर्णपाठ)

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ।  त्यसैगरी पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्’

सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबारमार्गकाे सडक बन्द गरिएपछि आसपासमा चर्काे जाम, सर्वसाधारणलाई सास्ती

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माणलगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएपछि आसपासका क्षेत्रमा जाम भएकाे हाे। अहिले लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथलगायत सडकहरूमा चर्काे जाम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्र श्राद्ध: पशुपतिमा पितृलाई सम्झिँदै (तस्बिरहरू)

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको अमेरिका भ्रमण : पशुपतिको जात्रा, सिद्राको व्यापार

अमेरिकी कोणबाट हेर्दा ओली अमेरिकासँग अप्रत्यक्ष रूपमा जोडिएको भुटानी शरणार्थी प्रकरणमा साइनो गाँसिएका एक संदिग्ध पात्र हुन् । उनी राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन सेप्टेम्बर २०मा न्युयोर्क आउँदैछन् । उनको यो अमेरिका भ्रमण‘पशुपतिको जात्रा सिद्राको व्यापार’ जस्तै हो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सहकारी ठगीमा रवि लामिछानेको संलग्नताबारे कानुन व्यवसायी विभाजित

छानबिन समितिले सहकारी ठगीमा संलग्न धेरैलाई कारबाहीको सिफारिस गरेपनि यतिबेला चर्चामा रवि लामिछाने र गोर्खा मिडिया रहेको छ। छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई कानुनी रुपमा कसरी बुझ्ने भन्नेबारेमा रिपोर्टर्स क्लब नेपालले कानुनविद्हरुसँग साक्षत्कार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्द्रजात्रा हेर्न उपमेयरदेखि राष्ट्रपतिसम्म हनुमानढोकामा (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र, पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डंगाेललगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वसन्तपुरमा इन्द्रजात्राको उल्लास (तस्बिरहरू)

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीबारे रवि लामिछाने भन्छन्- सत्यलाई केही मानिसहरुले स्विकार्न सकेनन्

सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाकाे लडाइँ सुरु हुँदैछ, हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन: रवि लामिछाने

लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा नसकिएको बरू रास्वपाले सक्ने दाबी गरे। ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ। लडाइँ बल्ल सुरु हुँदैछ। हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन। शान्त विद्रोह गर्छौ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग–२: क्यानडासँग नेपाल १०३ रनले पराजित

आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो। किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो। सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार

बागमती संरक्षणसँग जोडिएको रिट निवेदनमा भएको सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण र नजिरको प्रतिकूल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट सोमबार सचिव फणीन्द्र गौतमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भावी प्रधानन्यायाधीशमा राउत सिफारिस

सर्वोच्च अदालतकाे भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन्।  साेमबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि राउतकाे नाम सिफारिस गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस

गोर्खा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न अध्यक्ष गितेन्द्रबाबु राई (जिवी राई), सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको समितिले उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन: काँग्रेस प्रवक्ता

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भयो: रवि लामिछाने

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् १० भन्दा बढी बैठकमा नआएका सांसदहरू (भिडियाे)

उनका अनुसार १४ जना सांसदहरू उपचार र भ्रमण तथा घरेलु काममा व्यस्त भएका कारण संसदका १० भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका हुन्। तीमध्ये सबैभन्दा धेरै अनुपस्थित हुने सांसदहरूमा मनोरमा शेरचन, बसन्त नेम्वाङ र सीता बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं