प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडौं