सोमबार, २७ अप्रिल २०२६

झ्याप्ले खोलामा थप ३ शव फेला

धादिङकाे झ्यापले खाेला (नागढुङ्गानजिक)मा थप ३ शव फेला परेको छ। शनिबार साँझ सोही ठाउँमा आएको पहिरोमा परी पुरिएका दुई बसबाट १४ वटा शव निकालिएकाे थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौँ जोड्ने सबै नाका ठप्प, २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

मुग्लिन–पोखरा, नारायणगढ–मग्लिन, बेनी–जोमसोम, बीपी राजमार्गको काभ्रे र सिन्धुली खण्डलगायतमा पहिरोले क्षति पुर्‍याएको छ। कतिपय ठाउँमा पुल नै बगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिरो अपडेट: १०० जनाको मृत्यु, ७२ बेपत्ता

लगातारको झरिपछि आएको बाढी पहिरो र डुबानबाट देशभर मृत्यु हुनेको संख्या १०० पुगेको छ। विपद्मा परि ७२ जना बेपत्ता र र एक सय जना  घाइते भएका गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २६, भक्तपुरमा ५ र ललितपुरमा १८ जना रहेका छन्।  देशका अधिकांश ठाउँहरुमा झरि पर्ने क्रम नरोकिएको कारण अझै विपद्का घटनाहरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमबारसम्मै दर्किनसक्छ झरी, देशभरि सयजना भन्दा धेरैको मृत्यु

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै  ४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जना रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एन्फा एकेडेमीका ६वटै बालकको शव भेटियो

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

बुटवलबाट काठमाडाैँ आउँदै गरेकाे बस झ्यापले खाेलामा पुरिएकाे आशंका, दुई जनाकाे शव भेटियाे

नौबिसे नागढुङ्गा सडकखण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अविरल वर्षाका कारण देशभर ६६ जनाको मृत्यु, ६० जना घाइते

गृह मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले काठमाडौं उपत्यकासहित देशभर  ६० जना घाइते र ६९ जना बेपत्ता भएको बताए। तिवारीकाअनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ। भने, १० जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्रीपरिषद् बैठक: घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठकले घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भक्तपुरमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

सूर्यविनायक नगरपालिका-९ स्थित पलासेमा टहरो बनाई बसेको ३ जनाकाे शुक्रबार बिहान माथिबाट खसेकाे पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएकाे हाे। मृत्यु हुनेमा कालिकोट स्थायी घर भक्तपुर बस्दै आएका २४ वर्षीया दमिला शाही, १४ वर्षीया मनिषा शाही र ४ वर्षीया प्रिया बम रहेका छन्। प्रहरीका अनुसार दमिला गर्भवती रहेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी–पहिरोमा १४ जनाको मृत्यु, ११ जना बेपत्ता

बिहीबारदेखि भइरहेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। शुक्रबारदेखि शनिबार १२ बजेसम्म देशका विभिन्न जिल्लामा १४ जनाको मृत्युसँगै ११ जना बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

चन्द्रागिरिमा पहिराेले घर पुरिँदा २ जनाकाे मृत्यु, २ घाइते

शनिबार बिहान माथिबाट आएकाे पहिराेले गर्वे तामाङकाे घर पुरिएकाे प्रहरी वृत थानकाेटका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। प्रमुख सुवेदीका अनुसार मृत्यु हुनेमा तामाङसहित उनकी श्रीमती ३६ वर्षीया सविना तामाङ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुरुकुलमा नदीले थुनिएका ३३ जना विद्यार्थी–शिक्षकको हेलिकप्टरबाट उद्धार गर्ने तयारी

सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलमा २८ विद्यार्थी र ५ जना गुरूसहित ३३ जना नदीबिचमा फसेका छन्। उनीहरू हिजो शुक्रबारदेखि थुनिएको र अहिले हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको वडा नम्बर १ का वडा सचिव रमेश थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढीपहिराेमा परेर ११ जनाकाे मृत्यु, १३ जना बेपत्ता

बाढीपहिराेमा परेर पाँचथरमा २, धनकुटामा २, झापामा १, काठमाडाैँमा १, ललितपुरमा १, काभ्रेमा ३ र धादिङमा १ जनाकाे गरी ११ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकोशी नदीबीचमा थुनिए ३३ जना विद्यार्थी–शिक्षक, उद्धारका लागि आग्रह

सिन्धुलीमा रहेको एक गुरुकुलका ३३ जना विद्यार्थी–शिक्षक सुनकोशी नदीबीचमा फसेका छन्। सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका २८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

२१ नदीले पार गर्‍यो खतराको तह

बिहीबार साँझदेखिको अविरल वर्षापछि आएको बाढीले देशभरका २१ नदीमा खतराको तह पार गरेको छ। शनिबार बिहान साढे १० बजेको विवरणअनुसार २१ नदीमा जल सतहले खतराको तह पार गरेपछि साइरन बजाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा देशभरका मुख्य तथा सहायक राजमार्गहरू अवरुद्ध भएका छन्। लगातारको वर्षाले राजधानीसँग काठमाडौँसँग जोड्ने काठमाडौं– नागढुङ्गा–चितवन सडक खण्ड अवरुद्ध रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्का घटना बढेपछि गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक

अविरल वर्षासँगै देशभर विपद्का घटना बढेपछि गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नख्खु खोलाले बगाउँदा एक बच्चासहित ४ जना बेपत्ता

ललितपुरको स्थित नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्। शुक्रबार बिहान सवा ९ बजे ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जनालाई खोलाले बगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए: नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम

निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ। जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी