बुधबार, १४ जनवरी २०२६

‘व्यवस्थामाथिकाे डिजाइन’ भनेर प्रचण्डले बालकुमारी घटना अन्यत्र मोडेर खाेजे: भीम रावल

प्रचण्डले केही समयअघिदेखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भन्दै घटना माेड्न खाेजेकाे उनल आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीमा  मिलेन संसदीय समितिकाे भागबण्ड: बढ्दै किचलाे, साना दलकाे अडानले राेकियाे निर्वाचन

लुम्बिनी प्रदेशमा संसदीय समितकाे भागबण्डामा गर्न दलहरुलाई कठिन भएकाे छ।  छ वटा संसदीय समितिमा कुन दलले कुन समिति र कति लिने भन्नेमा विवाद भएपछि भागबण्डा गर्न कठिन भएकाे हाे।   

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमानको मृत्यु भयो, आफ्नै अंश माग्दा ‘चरित्रहीन’ भनेर घरबाट निकालिदिए, अस्पताले ‘पागल’ लेखिदियो

सुगिता धिताल (शाह)को जीवनाकाशमा पनि एक दिन त्यस्तै एउटा बादल छायो। दु:ख-सुख त छायाजस्तै त हुन्, तर त्यो बादल उनको जीवनबाट फाटेनन्। बरु अझ घनघोर बनेर आयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनामा ४ बुँदे सहमति: मृतकलाई सहिद घोषणा, परिवार सदस्यलाई रोजगारी

सरकारले मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमित भएकाे छ। यसैगरी सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि आवश्यक सहजीकरण गर्ने सहमति भएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन, तीन जना पक्राउ (भिडियाे)

माेहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)निकट युवाहरूले सिंहदरबारभित्रै पसेर अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अगाडि उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: मन्त्री ज्वाला र श्रम मन्त्रालयको भूमिकाबारे छानबिन गर्न निर्देशन

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माइतीघरकाे निषेधाज्ञा खाेल्न गगन थापाकाे अनुराेध

‘म माननीय गृहमन्त्रीज्यूलाई अनुराेधन गर्न चाहन्छु, माइतीघरकाे निषेधित क्षेत्र हटाइदिनुहाेस्’, उनले भने, ‘हेर्दा सामान्य लाग्न सक्छ तर जस्ताे आज केही साथीहरु धाेती दिवस मनाउन जाँदा लखेटिनुभयाे, उहाँहरु बाेल्नुभएकाे भए कमसेकम सरकारले जनताकाे कुरा सुन्न पाउँथ्याे। के थाहा माइतीघरमा बाेल्न पाइन्थ्याे थियाे भने ती केटाहरु बालकुमारी जानुपर्दैन थियाे कि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनामा दाेषी देखिएका सबैलाई कारबाही गर्छाैँ: गृहमन्त्री श्रेष्ठ

‘याे घटनाकाे सबै सेराेफेराेमा छानबिन समितिले छानबिन गर्नेछ, जाे जाे दाषी देखापर्छन्, ती सबैलाई कानुनकाे दायरामा, कारबाहीकाे दायरामा ल्याइनेछ र त्याे प्रतिवेदन कार्यान्वयन गरिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालका प्रहरीले गाेलीकाे निसाना लगाउनै जान्दैनन्- रघुजी पन्त

साेमबार बिहान सिंहदरबारमा बसेकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै सांसद पन्तले प्रहरीलाई उचित तालिम नदिएकाे कारण अप्रिय घटनाहरु भइरहेकाे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालकुमारी घटनामा तीन क्षेत्रकाे कमजोरी देखियाे: गृहमन्त्री श्रेष्ठ

‘रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएको, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षा अधिकारीले जिम्मेवारी पूरा नगरेको र नेपाल प्रहरीको फिल्ड कमाण्डरको पनि कमजोरी दिएको प्रारम्भिक निष्कर्षअनुसार निलम्बन गरिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सीके राउतसहित दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ

साेमबार दिवस मनाउन र्‍यालीसहित निषेधित क्षेत्र माइतीघर पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे। बबरमहलस्थित कला परिषद्मा जम्मा भएर माइतीघरतर्फ अघि बढेका राउतसहितका कार्यकर्ताहरूलाई प्रहरीले राेके पनि नमानेपछि पक्राउ गरेकाे हाे। उनीहरूलाई प्रहरीले भ्यानमा हालेर लगेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग भएको छ। समितिका सदस्य राजेन्द्र राईले ताकि–ताकि गोली हान्न पाउने कहाँ लेखेको छ भन्दै उनले राजीनामा माग गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धोती दिवस’ मनाउन माइतीघर पुगेकाहरुमाथि प्रहरी हस्तक्षेप 

हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइने ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार बिहान विद्यार्थी जनमत संघका केही व्यक्तिहरु सेतो धोती लगाएरब्यानरसहित माइतीघरमा भेला भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्ष २०२३, आफैं मत्युको समाचार बने १२० पत्रकार !

सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

यसरी मनाइयाे टुँडिखेलमा तमु ल्होसार (तस्बिरहरू)

तमु ल्होसारको अवसरमा टुँडिखेलमा गरुङ समुदायले सांस्कृति कार्यक्रम आयोजना गरेका छन्। आइतबार बिहान गुरुङ समुदायका मानिसहरूले सांस्कृतिक झाँक्रीसहित र्‍याली निकालेको थियो। त्यसपछि टुँडिखेलमा कार्यक्रम गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनाकाे छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुने

सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ। आयोगले सोमबारदेखि नै काम गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसको निष्कर्षः आर्थिक क्षेत्र सुधार हुँदै, परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति (पूर्णपाठ)

तीन दिन बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले आर्थिक क्षेत्र विस्तारै सुधार हुँदै गएको र परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको छ। पुस १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

बैठकको निर्णयबारे जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनमा यसबारे छलफल हुने बताए। उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: पक्राउ परेका ७३ जना रिहा, चलाइएन मुद्दा

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमा घटनामा ज्यान गुमाएकाकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं