मङ्गलबार, १३ जनवरी २०२६

‘सांसदको मुख्य कार्यभार कानुन बनाउने हो, तर कानुन कति बनाउनुभयो भनेर जनताले खासै प्रश्न गर्दैनन्’

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्छिन्, ‘बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिने, ६८ वटा दरबन्दी कटौती

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछानेविरुद्धकाे मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

जिल्ला अदालत काठमाडौँमा परेकाे उक्त मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हाे। न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यति एयर दुर्घटना: आयोगले बुझायाे प्रतिवेदन, मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- काम गर्न सकिन्न भने ठाउँ ओगटिरहन जरूरी छैन

‘हाम्रो जिम्मेवारी राष्ट्र बनाउनुछ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ’, उनले भने, ‘यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला, हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति, कुन प्रदेशमा काे?

कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत बनेका छन् भने मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी नियुक्ति भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: २३ गते मनोनयनकाे तयारी, यी उम्मेदवारले पाउनेछन् ५० प्रतिशत धरौटी रकम छुट

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पेस गर्नुपर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी घोटालाबारे रविले भने- सार्वजनिक सुनुवाइमार्फत जनताको कठघरामा उभिँदैछु

‘सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढीले पानीको मुहान बगाएको डेढ वर्षपछि बागबजारका घरकै आँगनमा धारा

पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

सहकारीको ४३ करोड रकम अपचलनमा १९ जना दोषी ठहर

रु ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन्। यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

फुटबलको क्रेज घट्दो: पैसा बाँढ्दा पनि एनएसएलले पाएन दर्शकको दरिलो साथ

एनएसएल स्थापित लिग नभएका कारण, स्वदेशका परिचित र युवा खेलाडीहरु विदेश पलायन भई मैदानमा नदेखिएका, टाइट सेडुल, टोलीमा धेरै खेलाडी विदेशी भएका कारण, एन्फाको विवादका कारण खेलप्रेमीहरुको नकारात्मक धारणा र टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको हुन सक्ने अनुमान उनीहरुको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिकाे निर्देशन

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हाे। साथै समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई याथस्थितिमा राख्नसमेत निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई निराश बनाउन गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन्: प्रचण्ड

‘जनतालाई निराश हुनबाट तपाईं हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

अहिले प्रतिगामी शक्तिहरूले टाउकाे उठाइरहेकाे छन्: माधव नेपाल

‘याे संविधानमाथि फेरि आक्रमण भइरहेकाे सन्दर्भमा गम्भीर बन्नुपर्ने परिस्थितिमा पुगेका छाैँ। अहिले प्रतिगामीहरूले टाउको उठाइरहेका छन्। विभिन्नका देशविदेशका शक्तिहरूले याे देशमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन्’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउपूर्जीबारे विप्लवले भने– सरकारको दोहोरो चरित्र चल्दैन 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र आफूहरूलाई सैह्य नहुने बताएका छन्। बालुवाटारमा भएको समाजवादी मोर्चाको बैठक सकेर पत्रकारहरूसँग छोटो कुरा गर्दै उनले भने ‘सहमति पनि गर्ने अनि घेराबन्दीमा पार्ने खालको सरकारको दोहोरो चरित्र चल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादी मोर्चाको बैठक: अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव

‘आजकाे बैठकमा संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो। प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो। त्यसैले अध्यादेश नै ल्याएर भए पनि संघहरुलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा एप्पल वाचको सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिबन्ध

अमेरिकामा मंगलबारदेखि एप्पल वाचका तीन लोकप्रिय उत्पादन सिरिज ६, सिरिज ९ र अल्ट्रा २ माथि प्रतिवन्ध लगाइएको छ। यी उत्पादनमा बिना अनुमति मासिमोको पल्स अक्सिमिट्री जडान गरिएकाले अमेरिकी अन्तर्राष्ट्रिय ट्रेड कमिशनले यी उत्पादनको आयात तथा बिक्रीमा प्रतिवन्ध लगाएको हो । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

उज्याला सपनामा तिरमिराइरहेका ‘प्रचण्ड आँखा’हरू

यही उज्यालो सपना बाँड्न उनले सम्बोधनको सुरुवातमै देशमा बढिरहेको नैराश्य र बैराग्यको भावलाई पनि दरिला शब्दमा हिर्काएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संघीयताका गाँठाहरू चाँडै फुकाउने प्रधानमन्त्रीको बाचा

‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्‍ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, संघीयताका सबै गाँठा निकै छिटो फुकाइँदैछन्’, उनले भने, ‘संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरूरी कानुन तुरुन्त ल्याउन म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ प्रचण्ड नेतृत्व सरकारकाे एक वर्षे उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट उनले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन्। आफू नेतृत्वको सरकारको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्दै उपलब्धि सार्वजनिक गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं