त्रिशूलीमा बेपत्ता भएका २३ यात्रुकाे शव फेला, १४ जनाको सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत असार २८ गते पहिराेमा परेर दुई वटा बससहित ६५ जना यात्रु बेपत्ता भएका थिए। प्रहरीका अनुसा हालसम्म २३ जनाको शव भेटिएकाे हाे। २३ मध्ये १४ जनाको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - चितवन